शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – सुनको भाउ बिहीबार पनि घटेको छ । सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ बुधबार एकैदिन तोलामा ११ सय रुपैयाँले घटेको थियो । चाँदीको भाउ पनि बिहीबार १० रुपैयाँले घटेर तोलाको ८ सय २० रुपैयाँमा झरेको छ ।

डलर मजबुत हुँदै गएको र पाउण्ड कमजोर हुँदै गएकाले सुनमा  लगानी कम हुँदा भाउ घटेको महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा रोजगारी बढेपछि डलर मजमुत हुँदै गएको हो ।

यसैबिच उपत्यकाभित्र कारोबार सन्तोषजनक नभएपनि उपत्यका बाहिर भने सुन किनबेच बढेको छ । दसैँको बेलामा रेमिट्यान्स बढेकाले पनि कारोबार बढेको महासंघका पूर्व अध्यक्ष शाक्यको अनुमान छ ।

तपाईको प्रतिक्रिया