शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

टोकियो–गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले विद्यार्थीलाई पनि समेटने गरी विधानमा संसोधन गरेको छ ।
गत आईतवार ओकिनावामा सम्पन्न वार्षिक साधारणसभाले आगामी नयाँ कार्यकालदेखि लागू हुने गरी विधान संसोधन गरेको हो ।
नयाँ विधान लागू भएलगत्तै विद्यार्थीहरुले राष्ट्रिय समन्वय समितिको क्षेत्रीय कमिटीमा मतदान र उम्मेदवारीको सम्पूर्ण अधिकार पाउनेछन । तर राष्ट्रिय समन्वय समितिमा मताधिकारको व्यवस्था रहनेछ भने उम्मेदवारको लागि अध्यक्षदेखि सह–कोषाध्यक्षसम्म दर्ता गर्न पाउने छैनन ।
सम्मेलनले आगामी निर्वाचनदेखि अध्यक्ष–१, वरिष्ठ उपाध्यक्ष–२, महिला उपाध्यक्ष–१, महासचिव–१, सचिव–१, कोषाध्यक्ष–१, सह–कोषध्यक्ष–१, प्रवक्ता–१, सदस्य–४, महिला सदस्य–१ र कार्यसमितिले मनोनित गर्ने सदस्य–६ गरी २१ जनाको सदस्यसंख्या रहने गरी विधानमा केही परिवर्तन गरेको छ ।
अघिल्लो विधान अनुसार ३ उपाध्यक्ष रहेकोमा ४ बनाइ, १ वरिष्ठ उपाध्यक्ष थपिने र ३ उपाध्यक्षमा १ जना महिला उपाध्यक्षको कोटा सुरक्षित गरिने बताएको छ ।
क्षेत्रीय कमिटीको लागि १३ सदस्यीय समिति रहने पनि उक्त सम्मेलनबाट निर्णय गरेको छ । आगामी कार्यसमितिमा सह–सचिव १ जना थपिनेछ । सदस्य संख्यालाई घटाएर ७ बनाइने भएको छ ।
सदस्यता बन्ने मिति सम्बन्धमा पनि केही प्रावधानहरु रहेको छ । राष्ट्रिय अधिवेशन हुने वर्षको मे महिनाको अन्तिम दिनसम्म सदस्ता लिइसकेका सदस्यहरुलाई मात्र निर्वाचनमा भाग लिन पाउने अधिकार रहनेछ । मे महिनाको अन्तिम दिनबाट नयाँ कार्यसमिति बनेर सपथ ग्रहण गर्ने दिनसम्म सदस्यता बनाउने प्रक्रिया बन्द रहनेछ ।
ओकिनावामा सम्पन्न साधारण सभाले पारित गरेका विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा एनआरएन जापानका अध्यक्ष सुदन थापाले विद्यार्थी सहित सबैलाई गैरआवासीय नेपाली संघमा आवद्ध गराउने योजना अनुरुप विधानमा संसोधन गरिएको बताउनुभयो ।
आगामी कार्यकालदेखि लागूहुने गरी एनआरएन जापानले प्रस्ताव गरेको नयाँ विधानमा जापानको १२ वटा क्षेत्रीय तथा केन्द्रको निर्वाचनमा भाग लिएर पराजित भएकाले अन्य कुनैपनि निर्वाचनमा भाग लिन नपाउने विधान पारित गरेको छ । ***
nrn

तपाईको प्रतिक्रिया