शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चितवन – जिल्ला प्रशासन कार्यालय चितवनले देवघाट क्षेत्रबाट १३ जना व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

पानीमा कालोबजारी गरेको आरोपमा १२ र एक ग्यास बिक्रता गरी १३ जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कायालयमा थुनामा राखेको प्रशासन कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका बजार संरक्षण अधिकृत ओम नारायण शर्माको नेत्रित्वमा खाद्य निरिक्षक नबिन देउजा,उपभोक्ता अधिकार मञ्च चितवनका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, सहित पदाधीकारी पत्रकार र सादा पोसाकमा खटिएको प्रहरी टोलीले गरेको बजार अनुगमनका क्रममा पानीमा कालोबजारी गरेको फेला परेपछी उनिहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय चितवनका खाद्य निरिक्षक नबिन देउजाले बताउनु भयो ।

भरतपुरको मालपोत चोक र देबघाटमा गरिएको अनुगमनका क्रममा ३५ ब्यवसायीले कालोबजारी गरेको पाईएकाले सबैलाई नियन्त्रणमा लिएर थुनामा राखि कारबाही गरिने बजार संरक्षण अधिकृत ओम नारायण शर्माले बताउनु भयो । आज अबेर भएकाले देबघाट बाट १३ जनालाई नियन्त्रणमा लिई थुनामा राखिएको र बाकि २२ जनाको मुचुल्का तयार भैसकेकाले शुक्रबार नियन्त्रणमा लिई कारबाहि प्रक्रिया अगाढी बढाईने उहाको भनाई छ ।

अनुगमनका क्रममा देबघाटका ब्यवसायीले ब्यवसाय दर्ता बिनानै ब्यवसाय गरेको पाईएको थियो । सो क्रममा भरतपुर उपमहानगर पालिकाका कर्मचारीले समेत ब्यवसाय दर्ता नगरी ब्यवसाय गरिरहेको पाईएको थियो । टोलीले देबघाटको रेशम किराना पसल बाट म्याद नागेको ३५ लिटर चिसो पेय पदार्थ नस्ट गरेको छ । त्यस्तै श्री कृष्ण किराना पसलले बिना दर्ता र लाईसन्स बिनानै तोकिएको मुल्य भन्दा बढि मुल्यमा ग्यास बिक्री गरेको पाईएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका सचिव प्रकास सिग्देलले बताए ।

उपभोक्ताको स्वास्थ्य माथी खेलवाड गर्ने जो भएपनि कारबाहि हुने र तोकिएको मुल्य भन्दा बढि लिनेलाई तुरुन्तै नियन्त्रणमा लिएर कालोबजारी ऐन अनुरुप मुदा दर्ता गरिने बजार संरक्षण अधिकृत शर्माले बताउनु भयो । बजार अनुगमन कार्यलाई प्रभावकारी र परिडाम मुखी बनाउनका साथै ब्यवसायी लाई उपभोक्ता स्वास्थ्य पति सचेत बनाउन दोसी माथी कारबाही आवस्यक रहेकाले मञ्चले प्रशासनको सहयोगमा अनुगमन प्रक्रिया लाई निरन्तरता दिएको मञ्चका बरिष्ठ उपाध्यक्ष बिष्णु प्रसाद भुषालले बताए । कुनै पनि बस्तु खरिद गर्दा मुल्य भन्दा बढि न तिर्न र मढि मुल्य लिएमा तुरुन्त प्रशासन लाई जानकारी गराउन प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया