शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – नेपालले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १९ औं शिखर सम्मलन निर्धारित मितिमै गर्नको लागि सार्क सदस्य देशलाई सहभागिता सुनिश्चितताको लागि आग्रह गरेको छ ।

news_18th-saarc-summit-nepal

भारत, बंगलादेश, भुटान र अफगानिस्तानले पाकिस्तानमा हुने सार्क सम्मेलनमा सहभागी हुन नसक्ने जानकारी गराएपछि सार्कको वर्तमान अध्यक्ष राष्ट्र नेपालले घोषित मितिमै सम्मेलन गर्नको लागि उपयुक्त वातावरण बनाउनुपर्नेमा जोड दिएको हो । नेपाल सरकारले वर्तमान सार्कको अध्यक्षका हैसियतले ती सार्क सदस्य राष्ट्रहरुलाई १९औँ सार्क शिखर सम्मेलनमा सार्कको बडापत्रलाई मनन गर्दै सहभागी हुने वातावरण सिर्जना गर्न आग्रह गरेको छ ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर पाकिस्तानको इस्लामावादमा आगामी कात्तिक २४ र २५ गते आयोजना गरिन लागिएको दक्षिण एसियाली क्षेत्रीय सहयोग सगंठन(सार्क)को १९ औँ शिखर सम्मेलनमा अफगानिस्तान, बंगलादेश, भूटान र भारत सहभागी नहुने जनाएको छ । ती सदस्य राष्ट्रहरुले वर्तमान दक्षिण एसियाको क्षेत्रीय परिस्थिति असहज भएका कारण देखाउँदै शिखर सम्मेलनमा सहभागी नहुने घोषणा गरेका हुन् । मन्त्रालयले पछिल्लो यस घटनालाई गम्भीरताका साथ लिएको उल्लेख गरेको छ ।

सार्कका कुनै पनि एक सदस्य देश सहभागी नभएमा शिखर सम्मेलन नै हुन सक्दैन । भारत र पाकिस्तानबिचको विवादका कारण आउँदो नोमेम्बर ९ र १० मा हुन लागेको सार्क शिखर सम्मेलन अन्योलमा परेको हो । सार्क सदस्य राष्ट्र भारतले आफूले सार्क शिखर सम्मेलनमा भाग नलिने कुरा नेपाललाई पनि जानकारी गराएको छ । भारतले नेपाललाई पाकिस्तानको नाम उल्लेख नगरी भनेको छ ‘एक देशका कारण हामी सार्क शिखर सम्मेलनमा भाग लिन सक्दैनौं ।’

त्यस्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीटमार्फत भनेका छन् ‘क्षेत्रीय सहयोग र चरमपन्थी एकै साथ चलदैनन्, त्यसकारण भारत इस्लामावादमा हुने सार्क शिखर  सम्मेलनमा भाग लिन सक्दैन ।’

सार्क शिखर सम्मेलनमा सदस्य आठ राष्ट्रका सरकार प्रमुखको उपस्थित हुने गर्छ । हरेक दुई वर्षमा हुने सार्क शिखर सम्मेलनको १९ औं सम्मेलन पाकिस्तानको इस्लामावादमाा हुन लागेको थियो ।

तपाईको प्रतिक्रिया