शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

लिस्बन – नेपाली नारी समाज पोर्चुगलको पहिलो अधिवेशन आगामी अक्टोवर १६ अक्टोवर तारिखमा हुने भएको छ । सेप्टेम्वर २१ तारिखमा वसेको उक्त समाजको वैठकले सो निर्णय गरेको अध्यक्ष सीता बरालले जानकारी दिनुभयो ।

55

अधिवेशनको तयारीको लागि अध्यक्ष सीता बरालको संयोजकत्वमा ३५ सदस्य मूल व्यवस्थापन समिती गठन गर्नुको साथै निर्बाचन समिति संयोजकमा एन आर एन ए आइ सी सी सदस्य रमेश कुमार गुरुङ, सदस्यता वितरण उपसमिती संयोजकमा सुनिता मानन्धर, प्रचारप्रसार उपसमिती संयोजकमा मनु मल्ल रानाभाट , हल व्यवस्थापन उपसमिती संयोजकमा जयकला राई र अतिथी स्वागत सत्कार उपसमिती संयोजकमा सरु भण्डारीलाई जिम्मेबारी दिइएको छ ।

कल्चर हाउस आन्जोसमा दिउसो ३.०० बजेबाट सुरु हुने उक्त अधिबेशन प्रायोजनको निम्ति सम्पर्क तथा नेपाली नारी समाज पोर्चुगलको सदस्स्यता ग्रहण गर्नको निम्ति अक्टोबर ९ तारिख सम्म सम्बन्धित निकायमा सम्पर्क गरिसक्नु पर्ने निर्णय भएको समेत अध्यक्ष बरालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया