शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

melamchi

काठमाडौं – मेलम्चीको सुरुङ निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीको म्याद छ महिना थप गरिएको छ ।
सुरुङ निर्माणका लागि विसं २०७३ चैत १५ सम्मको म्याद थपिएको मेलम्ची आयोजनाले जनाएको छ । कम्पनीले विसं २०७३ असोज १४ सम्म सुरुङ निर्माण सक्नुपर्ने गरी सन् २०१३ जुलाई १५ मा सम्झौता भएको थियो । गत वर्षको भूकम्प र लगत्तैको भारतको अघोषित नाकाबन्दीले सुरुङ निर्माणको काममा अवरोध आएपछि आयोजनाकातर्फबाट छ महिना थप गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले राससलाई जानकारी दिनुभयो ।
“ठेकेदार कम्पनीलाई अरु थप म्याद चाहिए उपयुक्त कारणसहित समितिमा निवेदन दिन भनिएको छ, निवेदन आएमा समीक्षा गरी आवश्यकताअनुसार निर्णय गरिनेछ”– उहाँले भन्नुभयो ।
सिन्धुपाल्चोकको हेलम्बु गाविसदेखि काठमाडौँको सुन्दरीजलसम्म २७ किमी सुरुङमध्ये २० किमी निर्माण कार्य सम्पन्न भएको र सात किमी बाँकी रहेको उहाँले बताउनुभयो । डेढ महिनामा सुन्दरीजलबाट सिन्धु अडिटसम्मको १० किमी सुरुङ निर्माण सम्पन्न हुनेछ । यो अडिटको ७५० मिटर सुरुङ निर्माण मात्र बाँकी रहेको समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया