शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – दसैँका लागि बैंक तथा वित्तीय संस्थाले आज देखि नयाँ नोट सर्वसाधरणलाई उपलब्ध गराउने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबारदेखि बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट उपलब्ध गराउन सुरुगरेपछि सर्वसाधारणलाई सहज तरिकाले नयाँ नोट साट्ने व्यवस्था मिलाउन यस पटक बेलैमा नोट उपलब्ध गराउन थालिएको हो ।

राष्ट्र बैंकले भने सर्वसाधरणका लागि असोज १६ गतेदेखि मात्र नयाँ नोट साट्नेछ । थापाथलिस्थित कार्यलय र क्षत्रीय कार्यलयमार्फत नयाँ नोट उपलब्ध गराइने राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकले पाँचदेखि एक सय रुपैयाँसम्म नोट दुई/दुई बिटाका दरले उपलब्ध गराउने बताइएको छ ।

राष्ट्र बैंकले वित्तिय संस्थालाई आउँदो १४ गतेसम्म नयाँ नोट साट्ने प्रबन्ध मिलाएको छ । एक जनाले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउनेछन् । गतवर्ष भने एक जनालाई २२ हजार रुपैयाँ सटही सुविधा दिइएको थियो । यो वर्ष नयाँ नोट पर्याप्त मात्रामा बजारमा जाने भएकाले अभाव नहुने राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया