शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं, असोज २ – नेपाल लोकतान्त्रिक यातायात मजदुर संगठनले भूकम्प पीडितका लागि बाड्न लागेका ट्याक्सी दलालीको नाममा दर्ता हुन लागेको आरोप लागाएको छ ।मजदुर संगठनले आइतबार रिपोर्टर्स क्लब नेपालमा संगठनले पत्रकार सम्मेलन गर्दै भूकम्प पीडितको लागि बाँड्न थालेको ट्याक्सीहरू दलालहरूले आफ्नो नाममा बनाउन लागेको आरोप लगाएको हो ।

yatayat

पत्रबार सम्मेलनमा मजदुर संगठनले पीतिडतका नाममा दर्ता भएका ट्याक्सीहरू १० वर्षसम्म बिक्रि गर्न नपाउने व्यवस्था गर्नुपर्ने, २० वर्षे पुराना प्राइभेट गाडीहरूको दर्ता खारेज गर्नुपर्ने, एक अञ्चलमा दर्ता भएका ट्याक्सीहरूले एउटा अञ्चलभरी चल्न पाउने गरी एउटा रोड परमिट लागु गर्नुपर्ने लगायतका १९ बुँदे माग अघि सारेको छ ।

कार्यक्रममा बोल्दै अखिल नेपाल क्रान्तिकारी मजदुर संगठनका सह–महासचिव सूर्य तामाङले भौतिक संरचना निमार्ण नगरी अनेक नियम लागु गर्न खोजेको पनि आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया