शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

shiva-raj-roka-magarटोकियो – आज टोकियोमा एक नेपाली विद्यार्थीको निधन भएको छ ।

रोल्पा घरभई डेढवर्ष अगाडि अध्ययनका लागि जापान आएका ३० वर्षिय शिवराज रोका मगरको आज इतावासीस्थित एक अस्पतालमा मृत्यू भएको हो ।

रुमपार्टनर प्रेम मल्लका अनुसार गएराती एक्लै कोठामा सुतेका रोका मगर बिहान मृत अवस्थामा भेटिएको र तत्काल एम्बुलेन्स बोलाई अस्पताल पुर्‍याईए पनि अस्पतालले मृत घोषणा गरेको थियो ।

जापानी भाषा अध्ययनकै क्रममा रहेका रोका मगर केही महिनादेखि अस्वस्थ थिए । बेला बेलामा बेहोस हुने समस्याले उनी १ महिना अगाडिदेखि उपचाररत पनि थिए ।

’रातीको काम सकेर बिहान साढे आठ बजे कोठामा आउँदा कोठा भित्रबाट बन्द थियो । साथीले कोठा कहिलै बन्द नगर्ने भएकोले चापी आफुसंग थिएन – रुम पार्टनर मल्लले समुद्रपारिलाई भने – ’घरबेटीसंग चापी मागेर कोठा खोलेर भित्र जाँदा साथी मृत जस्तै अवस्थामा थिए, के गर्ने के नगर्ने भयौं, एम्बुलेन्स बोलाएर अस्पताल पुर्‍यायौं, अस्पतालले तत्काल मृत घोषणा गर्‍यो ।’

मृत्यूको कारण भने अझै पुष्टी भईसकेको छैन ।

’अहिले लास प्रहरीले जिम्मा लिएको छ । कोठाको खानतलासी र थप छानबिनको काम भईरहेको छ – दर्शन समाज जापानका कोषाध्यक्ष समेत रहेका मल्लले भने ।***

तपाईको प्रतिक्रिया