बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

Gulmeli Samaj Japanटोकियो – हरेक वर्षझै यस वर्षपनि गुल्मेली समाज जापानको तीजको सामुहिक दर खाने कार्यक्रम यही २९ तारिख विविध साँगीतिक कार्यक्रमसहित हुने भएको छ ।

जापानभरि छरिएर रहेका गुल्मेलीहरुलाई एकै ठाउँमा भेला गराई तीज बिशेष मनोरञ्जनसहित सामुहिक दर खुवाउने कार्यक्रम गर्दै आएको सो समाजले यस वर्ष पनि निरन्तरता दिने भएको हो । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई पनि अतिथिकारुपमा आमन्त्रण गरिएको सो समाजले जनाएको छ ।

औपचारिक कार्यक्रमको नाममा आसन ग्रहण र मन्तब्यले समय खर्चिने हुँदा दर्शक स्रोताहरुको चाहनालाई ध्यानमा राखी यो पटक देखि कार्यक्रम फरक ढंगले गरिने समाजका अध्यक्ष शालिकराम भण्डारीले समुद्रपारिलाई बताउनुभयो ।
तीज बिशेष कार्यक्रमको तैयारीलाई तिब्रता दिन प्रचारप्रसार समिति, आर्थिक समिति, सल्लाहकार समिति र सदस्यता बितरण समिति गठन गरी कार्यबिभाजन गरिएको र सोहीअनुसार तैयारीलाई अगाडि बढाईएको प्रचार संयोजक ध्रुब बस्नेतले जानकारी दिनुभयो ।

स्थानीय कलाकारहरु र डिजे जोन छन्त्यालको बिशेष साँगीतिक संयोजन रहने सो कार्यक्रममा फरक फरक समुहमा बिभाजित भएर रमाईलो गर्न सजिलो होस् भन्ने उद्देश्यले फरक फरक हलको पनि ब्यवस्था गरिएको बताईएको छ ।

ओता सेइकात्चु सेन्टरमा अपरान्ह ४ बजेदेखि हुने सो कार्यक्रममा उपस्थित भईदिन जापानबासी नेपालीहरुमा गुल्मेली समाज जापानले अपिल गरेको छ । ***


थप जानकारीका लागि

तपाईको प्रतिक्रिया