आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – इजरायलले रफाह क्षेत्रमा आक्रमण गरेपछि अमेरिकाले इजरायल जाने बमको ढुवानीलाई रोकेको जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका एक उच्च अधिकारीका अनुसार खेपमा ९०७ किलोका एक हजार ८०० बम र करिब २२० किलोका एक हजार ७०० बम रहेका छन् ।

इजरायलले करिब एक लाख मानिसलाई रफाह छोड्न आग्रह गर्दै आक्रमण सुरु गरेको थियो । इजरायलले इजरायली सीमाको नजिक पूर्वी इलाकाबाट खान युनिस र अल मवासीमा जान भनेको थियो ।

अमेरिकाले रफाहमा रहेका सर्वसाधारणलाई सुरक्षित बाहिर निस्कने योजना नबनेसम्म त्यहाँ हुने आक्रमणलाई समर्थन गर्न नसकिने बताउँदै आएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने रफाहमा हमासविरुद्ध ठूलो अपरेसन नचलाएसम्म युद्धमा जीत हासिल नहुने बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया