शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि गर्नुभएको आह्वानको समयसीमा आज सकिँदै छ । Bidhya-Bhandari-2

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि राष्ट्रपति भण्डारीले यही साउन १० गते सहमतीय सरकार गठनका लागि दलहरूलाई आह्वान गर्नुभएको थियो । उहाँले संविधानको धारा ३०५ बमोजिम बाधा अड्काऊ फुकाउ आदेश जारी गर्दै धारा २९८ को उपधारा २ बमोजिम सात दिनभित्र सहमतीय सरकार गठन गर्न आह्वान गर्नुभएको हो । यद्यपि यसबीचमा दलहरुबीच सहमति हुन सकेको छैन ।

आज दिनभरमा पनि दलीय सहमति कायम हुन नसकेमा राष्ट्रपति भण्डारीले संविधानको धारा २९८ को उपधारा ३ बमोजिम बहुमतीय सरकार गठनको आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । सहमतीय सरकार गठनको सम्भावना करिब सकिएकाले संसद्ले भोलिदेखि बहुमतीय प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाउने छ ।

संसद् बैठक सोमबार आह्वान गरिएको छ ।

तपाईको प्रतिक्रिया