शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी ओलीले बैठक अवधिभर प्रश्नैप्रश्न सोधेर आफूलाई भेट्न आएका माओवादी केन्द्रका अध्यक्ष तथा प्रस्तावित प्रधानमन्त्रीका उम्मेदवार पुष्पकमल दाहाललाई नाजवाफ त बनाउनुभयो नै, त्यो सँगै एमाले सरकारमा नजाने र सबल प्रतिपक्षको भूमिका निभाउने फैसला पनि सुनाएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

दाहाल राष्ट्रपतिबाट भएको सहमतीय सरकार निर्माणको सन्दर्भमा आफ्नो नेतृत्वको सरकामा सामेल हुने निमन्त्रणासहित प्रधानमन्त्री तथा एमाले अध्यक्षसँग भेट गर्न शनिवार बालुवाटार पुग्नुभएको थियो । ‘भेटमा प्रधानमन्त्रीले के सन्दर्भमा भेट्न खोज्नुभएको हो भनी प्रश्न गरेपछि दाहालले राष्ट्रपतिले सहमतिको सरकार गठन गर्न दिनुभएको समयका बारेमा बताउनु भएको थियो ।

त्यसपछि प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको सरकारको बारेमा तपाईँको दल र तपाईँसँग सहकार्य गर्न खोज्ने काँग्रेसको धारणा के हो भनी प्रश्न गर्नुभएको थियो, प्रधानमन्त्रीका प्रेस सल्लाहालकार प्रमोद दाहालले भन्नुभयो,‘ के नेपाली काँग्रेस पनि राष्ट्रिय सहमतिको सरकारको पक्षमा उभिएको हो ? यदि काँग्रेस राष्ट्रिय सहमतिको पक्षमा उभिएको हो भने पहिला उसको धारणा प्रष्ट्र पार्नुपर्छ ।’

तपाईको प्रतिक्रिया