शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग भएका सम्झौता उल्ट्याउने प्रयास आगामी सरकारले गरेमा त्यसविरुद्ध आफू लागि पर्ने चेतावनी दिनुभएको छ । KP

कुनै पनि विदेशी मुलुकको नाजायज स्वार्थ नेपालले मान्नुपर्छ भन्ने अस्वीकार्य हुने बताउँदै प्रधानमन्त्री ओलीले छमेकी तथा विदेशी मुलुकले नेपालको राष्ट्रिय स्वार्थविरुद्ध जान खोजे त्यसको सशक्त प्रतिवाद हुने चेतावनी समेत दिनुभएको आजको अन्नपूर्णमा खबर छ । मदनभण्डारी फाउन्डेसनले शुक्रवार आयोजना गरेको अन्तक्रियामा प्रधानमन्त्री ओलीले भन्नुभयो,‘अहिले हाम्रो मुलुकमा विचित्रको स्थिति छ । विदेशीले यसो गर उसो गर भन्छटन्।

म भन्छु हाम्रा मित्रहरुले मित्रको स्थानमा बसेर हामीसँग व्यवहार गरून् । छौंडा खेलाएर रातदिन दुःख दिने होइन । अत्यन्तै बेठीक तरिका हो त्यो ।’ दक्षिणी छिमेकी भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेत्रप गर्ने गरेको तर्फ प्रधानमन्त्री ओलीको आक्रोश थियो ।

उहाँले स्वतन्त्र देशका हिसाबले चीनसँग भएका स्म्झौतामा अब बन्ने सरकारले जे पायो त्यही गर्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘सरकार सचेत जनताको घेरामा हुनेछ। सरकार चल्ने त नेपालमै हो । बाहिर गएर सरकार चल्ने त होइन होला नि? नयाँ पिँढी यसरी जागेको छ, तलमाथि गर्न सकिने सम्भावना छैन ।’

तपाईको प्रतिक्रिया