शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – भारतका सञ्चारमाध्यमले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार पदबाट राजीनामा दिएसँगै भारतमा खुसीयाली छाएको टिप्पणी गरेका छन् ।

भारतीय मिडियामा सोमबार प्रकाशित समाचारहरुमा प्रधानमन्त्री ओली उत्तरी छिमेकी चीनसँग निकट भएको तथा उहाँले आफ्नो कार्यकालभर नेपालमा रहेको भारतको परम्परागत प्रभाव घटाएको उल्लेख छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा बन्ने अबको सरकारले भारतको पुरानो प्रभाव कायम गर्ने अधिकांश भारतीय मिडियाको तर्क रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ । prachanda

भारतीय मिडियामा भारतीय विदेश मन्त्रालयका बहालवाला उच्च अधिकारी र स्रोतलाई उल्लेख गर्दै समाचार लेखिए पनि औपचारिक टिप्पणी भने कुनै भारतीय अधिकारीको भेटिँदैन । ‘चीनसँग निकट रहेका प्रधानमन्त्री ओलीलाई भारतसँग निकट रहेका नेताले विस्थापित गर्दैै छन्,‘एसिया टाइमम्स अनलाइनमा भारतीय पूर्वकुटनीतिज्ञ एमके भद्रकुमार लेख्नुहुन्छ,‘भारतले आफ्नो स्वार्थ पूरा गर्न काठमाडौँको सत्ता परिवर्तनका लागि पर्दा पछाडिबाट महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ ।’

उहाँले डेढ वर्षअघि चीनसँग निकट श्रीलंकाली राष्ट्रपति महिन्दा राजापाक्षेको सत्ता बहिर्गमन हुँदा नयाँ दिल्लीमा सुसियाली मनाइएझै यसपालि काठमाडौँमा ओली नेतृत्वको सत्ता परिवर्तन हुँदा पनि दिल्लीमा खुसीयाली मनाइएको लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया