शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

reutersटोकियो – मंगलवार बिहान साढे दुई बजेतिर कानागावाकेनको सागामीहारामा अज्ञात ब्यक्तिको चक्कु आतंकबाट १९ जनाको हत्या भएको छ भने ४५ जना घाइते भएका छन् । जसमा २० जनाको स्थिति गम्भीर रहेको बताईएको छ ।
स्थानीय सञ्चार माध्यमहरुले जनाएअनुसार उक्त चक्कु आतंक सागामीहारास्थित अपाङ्गहरुको निवास केन्द्रको एक रात्रीकालिन कम्पनीमा भएको हो ।
reuters 2चुकुजी यामायुरी गार्डेनका पूर्व कर्मचारी भनिएका एक २६ वर्षिय संदिग्ध ब्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
सागामीहारा सिटी राजधानी टोकियोबाट ४० किलोमीटर दक्षिण पश्चिममा पर्दछ । उक्त रेसिडेन्स सेन्टरमा १ सय ४९ जना बस्दै आईरहेका छन् । ***  भिडियो स्रोत : एएनएन न्यूज

तपाईको प्रतिक्रिया