शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

चितवन – वर्षायामसँगै जिल्लामा भाइरलका बिरामी बढेका छन् । यहाँको सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र निजी अस्पतालमा बिरामी भरिएका छन् । सामान्य समयमा भन्दा अहिले भाइरलका कारण ३५ देखि ४० प्रतिशतले बिरामी बढेको भरतपुर अस्पतालका डा भोजराज अधिकारीले बताउनुभयो ।

सामान्य समयमा १५० जना बिरामीको परीक्षण गरिँदै आएकोमा अहिले दैनिक ३०० को हाराहारीमा बिरामीको परीक्षण गरिएको उहाँले बताउनुभयो । डा अधिकारीका अनुसार बिहान बेलुका जाँच गर्ने पुष्पाञ्जली अस्पतालमा पनि बिरामीको सङ्ख्या बढेको छ ।

गर्मी बढ्दै जानु र पानी पर्नुका कारण भाइरलका बिरामीको चाप बढेको हो । मानिसको चहलपहल बढ्दै जानु, खानपानमा बेवास्ता गर्नुलगायतका कारण भाइरलका बिरामीको चाप बढेको डा अधिकारीले बताउनुभयो । अघिल्लो वर्ष वैशाख, जेठमा भाइरलका बिरामीको चाप बढ्ने भए तापनि यस वर्ष साउनको सुरुवाती समयमा बिरामीको चाप बढेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुद्र मरासिनिले बताउनुभयो ।

बिरामीको चाप बढेसँगै अस्पतालमा बिरामी राख्ने श्ययाको समेत अभाव भएको छ । जसका कारण भुईंमा राखेर उपचार गर्नुपरेको डा मरासिनीले बताउनुभयो ।
भीडभाडमा सकेसम्म नजाने, जानु पर्दा मास्क प्रयोग गर्न चिकित्सकले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया