शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

जर्मनी – ९ जनाको मृत्यु हुने गरी जर्मनीको म्युनिख स्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा एक १८ वर्षीय युवकको संलग्नता रहेको प्रहरीले पुष्टी गरेको छ । घटनामा १८ जना घाईते भएका छन भने ३ जनाको अवस्था गम्भिर रहेको छ ।

1111-1

आक्रमणकारी लामो समय म्युनिखमा बस्दै आएका इरानी मुलका व्यक्ती भएको प्रहरीको भनाई छ ।ति युवाले अन्धाधुन्धा गोली चलाई सर्वसाधरण नागरिकको हत्या गरेपछि आफैलाई गोली हानी आत्महत्या गरेका थिए । अहिलेसम्म प्रहरीलाई कुनै पनि जानकारी नभएको ति युवाले आक्रमण गर्नुको उद्देश्य के थियो भन्ने पुष्टी भएको छैन् ।

साथै उनी आतंकवादी समुहसँग आवद्ध भए नभएको बारेमा पनि अनुसन्धान थालिएको छ । प्रहरीले भने आक्रमण आतंकवादी भएको जनाएको छ ।यसअघि भने आक्रमणमा तीन जनाको संलग्नता रहेको भन्दै खोजिकार्य तिव्र पारिएको थियो । आक्रमणपछि बन्द गरिएको सो क्षेत्रका सार्वजनिक यातायातका साधनहरु भखर्रै खुलेका छन् ।

प्रहरीका हेलिकप्टरले सुरक्षा निगरानी अहिले पनि कायम राखेको छ । जर्मन चान्सलर एङगेला मर्केलले आजैका लागि सुरक्षा क्याविनेटको बैठक बोलाएकी छन् ।

तपाईको प्रतिक्रिया