शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौँ –नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले वित्तीय प्रणालीमा नेपालले अन्तर्राष्ट्रिय मापदण्डको लेखा प्रणाली लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । charayajnebi

नेपाल चार्टर्ड एकान्टेन्टस एसोसिएसनको पद हस्तान्तरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै उहाँले नेपालको आर्थिक प्रगतिलाई विश्वसनीय बनाउन सो प्रणाली लागू गर्न लागिएको जानकारी दिनुभयो । कुनै पनि संस्थाको आर्थिक अवस्थाका बारेमा सबैभन्दा पहिले चार्टर्ड एकाउन्टेन्टलाई नै जानकारी हुने हुँदा उनीहरूले देश र जनताका लागि इमान्दार भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

बिमा समितिका अध्यक्ष डा फत्तबहादुर केसी, धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्की, कावा महालेखा नियन्त्रक सुकदेव खत्री लगायतले नेपालमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्नका लागि एसोसिएसनले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया