शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीमा रहे पनि एमालेले त्यसो नगर्ने बताउनुभएको छ । pradeep

प्रेस चौतारी नेपालद्वारा आयोजित कार्यक्रममा ज्ञवालीले एमाले संसद विघटन गर्ने खेलमा लागेको भनेर हल्ला चलाएर बदनाम गर्न खोजिएको बताउनुभएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ‘अहिले एमाले संसद विघटन गर्ने खेलमा लागेको छ भनेर हल्ला गरिएको छ, म त्यो हल्ला गर्ने साथीहरूलाई भन्न चाहन्छु, त्यो अधिकार प्रधानमन्त्रीसँग छ, उहाँले भन्नुभयो, तर, एमाले संसद विघटन गरेर जनप्रतिनिधिविहीनताको अवस्था आउँदा मुलुकले भौग्नुपरेको नियतिबारे जानकार छ ।

उहाँले हिजो विघटन गर्नेहरु नै आज हल्ला फिजाइरहेको दाबी गर्नुभयो । सचिव ज्ञवालीले संविधानको धारा पष्टतामा टेकेर सरकार टिकाउने पक्षमा एमाले नरहेको पनि स्पष्ट पार्नुभयो । संसदभित्रै जनताले थाहा पाउने गरी एमालले राजनीतिक लडाइँ लड्ने उहाँको भनाइ छ ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको राजनीतिक अवसरलाई अहिलेसम्म कसैले बुझ्न नसकेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया