शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौँ – इमेज च्यानलको फेसबुक पेज ह्याक गरेको आरोपमा एक सञ्चारमाध्यमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले नेपालगन्ज, बाँकेबाट ताजा मिडियाका सञ्चालक प्रेमबहादुर विकलाई पक्राउ गरी आइतबार काठमाडौँ ल्याएको छ ।
बर्दिया देउडाकला घर भएका विक हाल नेपालगन्ज बस्दै आएका थिए । विकले इमेज च्यानलको फेसबुक पेज ‘इमेज खबर’ पेज ह्याक गरी त्यसलाई ‘भाइरल खबर’ बनाइ सञ्चालनमा ल्याएको अनुसन्धानका क्रममा फेला परेको प्रहरीले जनाएको छ । निजउपर विद्युतीय कारोबार ऐनअन्तर्गत थप अनुसन्धान जारी रहेको महाशाखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया