शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

हङकङ-दुरा सेवा समाज हङकङले हालै आफ्नो स्थापनाको साताैं वार्षिकोत्सव सम्पन्न गरेको छ । कमलराज दुराको सभापतित्वमा सम्पन्न कार्यक्रमको अतिथि भक्तवहादुर दुरा रहनुभएको थियो । अन्य विशेष अतिथिहरूमा गोविन्द दुरा, मिनवहादुर दुरा, प्रकाश दुरा, चन्द्रसिंह दुरा, झम गुरूङ, नन्द दुरा र डम्वर कुमार दुरा रहनुभएको थियो । कार्यक्रमको सभापति कमलराज दुरा र प्रमुख अतिथि भक्तवहादुर दुराले दीप प्रज्वलन गरी सामुहिक रूपमा कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै भक्तवहादुर दुराले समसामियक देशको राजनीति, भूमिको सदुपयोग र संस्थको हकहित बारे गहन विचार व्यक्त गर्नुभएको थियो । सभापति कमलराज दुराले समाजको इतिहास र वर्तमान समसामयिक विषयमा बोल्दै सम्पूर्ण दुराहरूको प्रगतिको कामना गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो  । समाजका उपाध्यक्ष गोविन्द दुराले स्वगत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन समाजको सचिव भिमचन्द्र दुराले गर्नुभएको थियो । कार्यक्रमको समापन पश्चात सामुहिक भोजको साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरी कार्यक्रमको समापन गरिएको थियो । कार्यक्रममा दुरा समुदायमा निकै प्रचलित ठाडो भाका गीतको प्रस्तुती पनि गरिएको थियो ।***dura samaj2

dura samaj3

तपाईको प्रतिक्रिया