शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
binita-baralकाठमाडौं– नेपाली चलचित्रमा वृत्तमा विवादमा आइरहने अभिनेत्री हुन्, विनिता बराल । निर्माता निर्देशकसँग झगडादेखि विभिन्न प्रसँगले उनी चर्चामा आउने गर्छिन् ।
तर, यतिबेला भने सुटुक्क विवाहको समाचारले उनी चर्चामा आएकी छिन् । चलचित्र सुपरहिटका निर्देशक निरञ्जन पाण्डेसँग सुटुक्क विवाह गरेको चर्चाले उनी तनावमा आएकी हुन् । ‘केही दिनयताबाट दिनभरिजसो विवाहको बधाईको फोन आएर हैरान भएँ । मेरो विवाहको हल्ला फिँजाएर कसैले मलाई तनाव दिइरहेको छ,’ अभिनेत्री बरालले भनिन् । ‘हावा नचली पात हल्लिँदैन’ भन्ने उखानै छ ।
केही समययताबाट निरञ्जन र विनितबीच घनिष्ट प्रेम सम्बन्ध रहेको उनीहरूकै सिनेमा सुपरहिटका कलाकार प्राविधिकले बताउँदै आएका छन् । सो प्रेम सम्बन्धलाई उनीहरूले सुटुक्क विवाह गरेर अझ गाढा तुल्याएको चर्चाले यतिबेला बजार तातेको छ । अधिकांश समय उनीहरूसँगै रहेकै कारण यी जोडीले विवाह गरेको चर्चा बाहिरिएको उनीहरूका सहकर्मी बताउँछन् ।

तपाईको प्रतिक्रिया