शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं– उपराष्ट्रपति परमानन्द झाले सरकार मिसावट भएको तेल जस्तो भएको भन्दै अहिले मुलुकमा राष्ट्रपति मात्रै खाट्टी शुद्ध भएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा उनले ‘म मात्रै संबैधानिक र अरु खराव भन्ने प्रधानमन्त्रीको सोच पूर्णरुपमा गलत’ भएको टिप्पणी गरे ।
झाले बैशाख भित्रमा मुलुकले जनप्रतिनिधि पाउनुपर्ने भन्दै त्यसमा अड्चन थापे उसको लागि त्यो नराम्रो हुने चेतावनी दिए । उनले भने– ‘अब नेपाली जनताले धेरै पर्खदैनन । यसको हेक्का राख्नुपर्छ ।’
मुलुकलाई दलहरुले नै निकास दिनुपर्ने भन्दै अन्यतिरबाट निकास खोजेर निकास ननिस्कने उनको भनाई थियो ।
समुद्र मन्थन गरेर अमृत निकाल्न पनि लामो समय लागेको उल्लेख गर्दै उपराष्ट्रपति झाले नेपालमा दलहरुको सहमति कायम गर्ने प्रयास पनि अझै पुग्न नसकेको तर छिट्टै सहमति हुने विश्वास ब्यक्त गरे ।
राष्ट्रपति बाहिर हल्ला गरे जस्तो चुप लागेर नबसेको दाबी गर्दै दलहरुलाई लगातार घच्घच्याएको कुराले पनि उहाँ चुप लागेर नबसेको स्पष्ट हुने उनको तर्क थियो ।
विगतमा अध्यादेशहरु राष्ट्रपतिले जारी गरेकोले अहिले सहमति बिना अध्यादेश जारी हुँदैन भनेर भन्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै उनले सहमतिमा पूर्ण बजेट आउन नसके फेरि पनि एक तृतियांश बजेट ल्याउनुपर्ने सुझाव दिए । ***

तपाईको प्रतिक्रिया