शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

दाङ – दाङमा पहिलोपटक ‘मिस दाङ-२०१२’ प्रतियोगिता हुने भएको छ । ‘मिस दाङ -२०१२’ को आयोजक संस्था पेज- ३ इन्टरटेनमेन्टले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरी ‘मिस दाङ प्रतियोगिताको बारेमा जानकारी गराएका हुन् । इफोर इन्टरटेनमेन्टको सहकार्यमा हुन गैरहेको मिस प्रतियोगिताको बारेमा जानकारी दिँदै पेज-३ का डाईरेटक्टर थम्मन भण्डारीले यसक्षेत्रका युवा महिलाहरुको प्रतिभा बाहिर ल्याउने उद्देश्यले ‘मिस दाङ -२०१२’ को आयोजना गरिएको जानकारी दिनुभयो । मनोरञ्जन सँगसँगै यसक्षेत्रका प्रतिभाहरुलाई स्थान दिने उद्देश्यले आयोजना गरिएको भण्डारीले जानकारी दिनुभयो ।

पेज-३ का नरेश बिकको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्ष केबी मसालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै इफोर इन्टरटेनमेन्टका म्यानेजिङ डाइरेक्टर दीपक घिमिरेले दाङका युवाहरुद्धारा आयोजना गरिएको ‘मिस दाङ -२०१२’ मा इभेन्ट म्यानेजमेन्टको जिम्मेवारी पाएको भन्दै यस प्रतियोगिताका विनर ३ जनालाई केन्द्रियस्तरमा आयोजना गरिने यस्तैखाले एक प्रतियोगितामा सहभागि गराइने जानकारी दिनुभयो ।

प्रतियोगिताका बिजेतालाई नगद पुरस्कार सहित केन्द्रियस्तरको म्यागेजिनका लागि फोटो शेसन, म्युजिक भिडियोमा मोडलिङ गर्ने, टेलिभिजन विज्ञापनमा खेल्ने, आरजे, भिजे ट्रेनिङ लगायतका अवसर प्रदान गरिने जानकारी दिनुभयो । अहिले प्रतियोगिताका लागि जिल्लाका गोरखा इन्टरनेशनल उमावि, दिपशिखा उमावि, पद्मोदय उमावि, राप्ती इञ्जिनियरिङ, ज्ञानसिन्धु उमावि, दाङभ्याली उमावि, सिध्दार्थ उमावि, भिक्टोरीया लगायतका जिल्लाका कलेजहरुमा भेटघाट भैरहेको आयोजकले जानकारी दिएका छन् । १६ वर्षदेखि २४ वर्षम्मका अविबाहित युवतीहरुले प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

उक्त प्रतियोगितामा भाग लिनका निमित्त कम्तीमा एसएलसी उत्तिर्ण गरेको हुनुपर्ने बताईएको छ । कम्तीमा ३५ देखि ४० जना युवतिहरुलाई सहभागि गराईने उक्त प्रतियोगितामा सहभागिताका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने आयोजक संस्था पेज-३ का नरेश बिकले जानकारी दिनुभयो । प्रतियोगिबाट लिईएको शुल्कबाट प्रतियोगिताका लागि चाहिने पोशाक, फोटो शेसन, २८ दिनको ट्रेनिङमा खर्च गरिने बताईएको छ । भदौ अन्तिम साता फाईनल हुने उक्त प्रतियोगितामा सहभागिता जनाएर आफ्नो प्रतिभा देखाउन आयोजकले आग्रह गरेका छन् । फाईनल राउण्डका लागि प्रतियोगिहरुलाई तयार गर्न २८ दिनको बिबिध तालिमहरु दिईने बताईएको छ । तालिमकै बिचमा ट्यालेण्ट शो पनि गरिने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा जिल्लाको सबै क्षेत्रका सहभागिहरुले सहभागिता जनाउन पाउनेछन् । यसअघि पनि ‘म्युजिकल जर्नी’, ‘मिस लिटिल वर्ल्ड दाङ’, कुल समर फेशन नाईट’ लगायका इभेन्टहरुमा स्थानिय आयोजकका रुपमा सहभागिता जनाएका दङ्गाली युवाहरुले यसपटक भने ‘पेज-३ इन्टरटेनमेन्ट’ नामक कम्पनी दर्ता गरेर ‘मिस दाङ -२०१२’ को आयोजना गरेका हुन् ।

दाङको घोराहीमा बस्दै आएका थम्मनकुमार भण्डारी, रुपक थापा, राज राना र नरेश बिकलगायतको टिम मिलेर पेज-३ नामक कम्पनी दर्ता गरेका हुँन् । ब्युटि कन्टेस्ट लगायत मुभी मेकिङ, म्युजिकल प्रोग्राम लगायतका कार्यक्रम सञ्चालन गर्ने पेज-३ ले जनाएको छ । केही समय यता सञ्चालनमा आएका ब्युटि कन्टेस्ट तथा फेशन कार्यक्रमलाई जिल्लामा बिशेष महत्वका साथ हेरिएको छ । यसअघि दाङमा यस्ताखाले कार्यक्रम भएका थिएनन् । ‘मिस लिटिल वर्ल्ड-२०१२’ सम्पन्न भएपछि दाङ फेशनमा अगाडी बढेको भनेर पनि बुझ्ने गरिएको छ ।***

तपाईको प्रतिक्रिया