शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
टोकियो – तमु धीं जापानको आयोजनामा हुने रोधी साँझका लागि कलाकारहरु जापान आएका छन् ।
यही अगस्त-१२तारिख आइतबारका दिन टोकियोको इकेगामी खाइकन हलमा हुन गईरहेको १६ औ रोंधि सांझका लागि आमन्त्रित कलाकारहरु आज- ९ तारिख २:०० बजे जापान आएका हुन् ।
आमन्त्रित कलाकारहरु गायक दीपक लिम्बू, गायिका इन्दिरा जोशी र लोकदोहोरी गायिका ज्योति लोहोनलाई टोकियोको हानेडा अन्तरराष्ट्रिय बिमान स्थलमा धीं का अध्यक्ष हर्क तमु, कार्यक्रमका संयोजक ओम प्रकाश तमु, सह-संयोजक युक्तमान तमु, सल्लाहकार दिनेश तमु, सल्लाहकार ईश्वर तमु र सदस्य मनोज घले, तेज तमुले कलाकारहरुलाई खादा लगाईं स्वागत गरिएको थियो ।

तपाईको प्रतिक्रिया