शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
तानसेन- शिक्षामन्त्री दीनानाथ शर्माले सरकारले वर्तमान अवस्थामा राजीनामा दिएर नेपाललाई असफल देश बनाउन नचाहेको बताउनुभएको छ पाल्पाको तानसेनस्थित महेन्द्र बोधी उच्चमावि पाल्पाको स्वर्ण महोत्सवको आज उद्घाटन गर्दै मन्त्री शर्माले सम्पूर्ण राजनीतिक दलको कमजोरीका कारण जनताले संविधान पाउन नसकेका हुन् भन्नुभयो ।
सङ्कटको यो घडीमा सरकारले राजीनामा दिएर नेपाललाई अफगानिस्तान बनाउन नचाहेको मन्त्री शर्माले बताउनुभयो ।
सरकार संविधान र सङ्घीयताका विषयमा सबैसँग छलफल गरी अघि बढ्न तयार रहेको पनि बताउनुभयो ।
संविधानसभाबाट चुनिएका प्रधानमन्त्री असंवैधानिक भएमा राष्ट्रपति पनि असंवैधानिक हुने उहाँको भनाइ थियो ।
शिक्षा मन्त्री शर्माले देश व्यवस्थापिकाविहीन हुँदा शिक्षकका समस्या पनि समाधान हुन नसकेको औल्याउँदै शिक्षा ऐन संशोधन भएपछि शिक्षकको समस्या समाधानमा सहजता आउनेछ भन्नुभयो ।

तपाईको प्रतिक्रिया