शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं- प्रधानसेनापति छत्रमान सिंह गुरुङले बुधबारबाट विदा लिएपछि नयाँ नेतृत्वमा बलाधिकृत रथी गौरवशमसेर राणा आएका छन् ।
प्रधानसेनापति छत्रमानसिंह गुरुङ आफ्नो तीनबर्ष कार्यकाल सकिनु एक महिनाअगावै बिदामा बसेपछि बलाधिकृत रथी राणाले नेपाली सेनाको नेतृत्व गरेका हुन् । राणालाई प्रधानसेनापति गुरुङले बुधबार नै नेपाली सेनाको नेतृत्व हस्तान्तरण गर्नुका साथै आवश्यक बरबुझारथ गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सरकारले आगामी शुक्रबारदेखि राणालाई कायम मुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरे पनि भोलि सार्वजनिक बिदा परेकाले बुधबार नै राणालाई सैनिक नेतृत्व सुम्पन लागेका हुन । प्रधानसेनापति गुरुङले आगामी २४ भदौमा अनिवार्य अवकाश पाउँदै छन ।
सो अवधिसम्म कार्यवाहक जिम्मेवारी सम्हाल्ने र २४ भदौबाट राणाले प्रधानसेनापतिको औपचारीक कार्यभार सम्हाल्ने छन् ।  २०३१ सालमा सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) बाट नेपाली सेनामा प्रवेश गरेका राणा गत वर्षमात्र रथीमा बढुवा भएका थिए ।
पाँच वर्षअघि उपरथीमा बढुवा भएपछि उनले पश्चिम पृतनापति र व्यवस्था तथा युद्धकार्य महानिर्देशकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए । राणाको बढुवापछि रिक्त रथीमा हाल व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी नेत्रबहादुर थापा बढुवा हुने भएका छन् । उनी नेपाली सेनाको इन्फेन्ट्रीतर्फका सबैभन्दा वरिष्ठ उपरथी हुन् ।

तपाईको प्रतिक्रिया