शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौ- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिला निर्वाचनमा जाने सहमति भए वा संविधानका विवादित विषय टुङग्याएर सहमतिको सरकार बनाउने दुई विकल्प प्रस्तुत गरेका छन् ।
हिमालय टेलिभिजनमा आज राती नौ बजेर  पाँच मिनेटमा प्रशारण हुने दि आरडी सोकालागी ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष प्रचण्डले  दुई मध्ये एक विकल्पमा सहमति भए नेपाली काग्रेसको नेतृत्वमा सहमतिको चुनावी सरकार बन्ने विश्वास ब्यक्तगरे ।
संविधानका विवादित विषयमा सहमति भए बढीमा एक महिनाकोलागी संविधानसभा ब्यूताएर संविधान जारी गरेर नयाँ निर्वाचनमा जान सकिने समेत प्रचण्डले स्पष्ट पारे ।
अहिले संसदीय निर्वाचन हुनै सक्दैन ठोकुवा गर्दै  संविधान नै नबनाई संसदको निर्वाचन गरे अन्तरिम संविधान, अहिलेसम्मका उपलब्धि र राष्ट्रपति पनि समाप्त हुने चेतावनी दिए । उनले भने- संसदको निर्वाचन गरे राष्ट्रपति नै रहँदै, गणतन्त्रै रहादैन । त्यसैले अहिले ३४५ देखि ३६० सम्मको संख्याको संविधानसभाको निर्वाचन गरौ । संविधान जारी गरेर त्यसलाई संसदमा रुपान्तरण गरेर अगाडि बढौ ।
बैद्यानिक सरकारका विरुद्ध ओभर ल्याप गर्न खोजिए  त्यो राष्ट्रपति, गणतन्त्र र सम्पूर्ण परिवर्तनको निमित्त खतरा हुने भन्दै प्रचण्डले एक साता भित्र दलहरुवीच सहमति भएर मुलुकले निकास पाउने बताए ।
संविधान संसोधन गर्ने, ऐन बनाउने जस्ता विषयमा अहिलेसम्म दलहरुवीच सहमति बन्न नसकेकोले अब मंसिर ७ गते निर्वाचन हुने सम्भावना समाप्त भईसकेको घोषणा गर्दै प्रचण्डले सरकारले अर्को मिति घोषणा गर्न अध्यादेशको तयारी गरिरहेको खुलासा गरे ।
आफूहरुले जातीय राज्य भन्दै नभनेको दावी गर्दै उनले नेपालमा एकल जातीय राज्य हुनै नसक्ने ठोकुवा गरे । उनले भने-बहुजातीय पहिचानमा जानै पर्छ । काग्रेस र एमाले संघीयताको पक्षमा नभएकोले नै समस्या भएको हो । नभए कुनै समस्या छैन ।
संघीयतामा धेरै चलखेल भएको चिनलाई मन नपरे पनि उ संघीयता विरोधी नभएको भन्दै  चिन वा भारत कसैले नेपालमा यो गर उ गर भन्न नहुने बताए । विप्पा खारेज अब खारेज हुन नसक्ने स्पष्ट पार्दै प्रचण्डले त्यसको प्रभावलाई न्यून बनाउन घरेलू कानूनलाई बलियो बनाएर अगाडि बढ्नु पर्ने धारणा राखे ।
नेपालमा अब राजसंस्थ्ा कुनै पनि हालतमा नफर्किने दावी गर्दै  दलहरुले काम गर्न नसके मुलुक असफल भए पनि राजसंस्था नफर्किने बताए । उनले चेतावनी दिदै भने- उनले दुस्साहस गरे सुविधा पनि खोसिन्छ ।
आफू अहिले पनि पार्टी एकको पक्षमा रहेको बताउँदै उनले आफ्नो लागी पद ठूलो नभएको त्याग्न पनि तयाररहेको बताए ।
आफ्नो छोरा प्रकासको विषयमा चर्चा गर्दै प्रचण्डले- प्रकास सोझो भएकोले विवादमा आउने गरेको छ । गल्ती स्विकारेर आयो भने सँगै बस्न सकिन्छ । मानिसमा भावना हुन्छ ममा पनि भावना छ, अहिले पनि अलि टेन्सन भयो भने नातीसँग खेलेर फ्रेस हुन्छु ।

तपाईको प्रतिक्रिया