शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौ- नेपाली चलचित्रकी नायिका जेसिका खड्काले मंगलबार बिहान आत्महत्या गरेकी छन् । न्यूरोडस्थित आफ्नै निवासमा उनले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
असली नाम ज्योति भएकी उनी प्रकाश ओझाको सेक्स भिडियोमा विवादित दृष्य दिएपछि गृहनगर इटहरी छाडेकी थिइन् ।
उनी नवल खड्काको फिल्म आवाज मार्फत फिल्मी दुनियामा प्रवेश गरेकी हुन् । उनले आवाजपछि जंगल क्वीन, अचानक, मेरो माया तिमिलाई,  जंगल लभ, लक्की सेभेन र भर्खरै छायाकंन सकिएको गहिराई भन्ने फिल्ममा खेलेकी थिइन् ।
राति साढे १२ बजेको समयसम्म जेसिकाको फोन कल रेकर्ड देखिएको छ ।
दोस्रो तल्लामा डेरा गरी बस्ने २३ बर्षे जेसिकाले सलले पासो लगाएकी हुन् । प्रोडक्सन कन्ट्रोलर बालदीप राईसँग जेसिकाको अन्तिम कल रेकर्ड देखिएकाले प्रहरीले अनुसन्धानका लागि बालदीपलाई नियन्त्रणमा लिएको छ । अन्तिम कल रेकर्ड उनीसँग भएको देखिएकाले आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
 जेसिकाको साथमा उनको प्रेमी र भाइ थिए । भाइ सानो भएको कारण प्रहरीले केही घण्टा लाश बुझेको थिएन तर ‘अचानक’ भन्ने फिल्मका प्रोड्यूसर सरोज शर्मा घटना स्थलमा आएपछि प्रहरीले बिहान १० बजे पोष्टमार्टमका लागि  लाश बुझेको थियो । टिचिङ हस्पिटल महारागञ्जमा पोष्टमार्टम भएपछि मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

तपाईको प्रतिक्रिया