बुधबार, बैशाख २६, २०८१
Wednesday, May 8, 2024

टोकियो- एक दशकपछि पहिलोपटक जापानी उच्च अधिकारीले नेपालको भ्रमण गर्ने भएका छन् । आउँदो शनिबार जापानी विदेशमन्त्री कोइचिरो गेम्बा नेपाल भ्रमणमा जाने भएका हुन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार जापानी विदेशमन्त्रीले भ्रमणमा ठूलो आर्थिक सहायता घोषणा गर्ने तयारी गरेका छन् । यो भ्रमणलाई सहयोगको संकेतकारुपमा पनि हेरिएको छ ।

जापानले म्यान्मारका लागि जसरी केही दिनअघि सहयोग दिने घोषणा गर्‍यो सोही बमोजिम नेपालमा पनि सहयोग घोषणा गर्ने सक्ने पराराष्ट्र मन्त्रालयका अधिकारीहरुको अड्कल छ । ***

 

तपाईको प्रतिक्रिया