शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– विवाद टुंग्याउन पटक–पटक म्याद थप गरे पनि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै सवै विषयमा सहमति नहुनेमा विश्वस्त छन् ।
पछिल्ला दिनमा विदेशी कुटनीतिज्ञ र आफूनिकटसँग दाहालले सवै विषयमा सहमति नहुने ठोकुवा गर्न थालेको स्थायी समिति सदस्य कृष्णबहादुर महराले जानकारी दिए । ‘संविधान निर्माणमा जति विषयमा सहमति जुटे–जुटे, त्यही कुरा ठूला हो’ भन्ने उनको निष्कर्ष छ ।
‘छलफल हुँदैछन्, तर विवादित सवै विषयमा सहमति नै हुन्छ भन्ने छैन,’ दाहालको निष्कर्ष रहेको महराले जानकारी दिए ।

तपाईको प्रतिक्रिया