शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
काठमाडौं- नेकपा (एमाले)को पोलिटब्युरो बैठक आइतबार पनि जारी रहनेछ । बैठक शुक्रबारदेखि सुरु भएको हो ।
प्रतिनिधि परिषद्को बैठक सुरु हुन जम्मा २६ दिन मात्र बाँकी रहँदा हुन लागेको पोलिटब्युरो बैठक प्रतिनिधि परिषद् बैठक व्यवस्थापनको तयारी, त्यसमा प्रस्तुत गर्न अध्यष झलनाथ खनालले तयार गरेको राजनीतिक प्रतिवेदन र समसामयिक राजनीतिक परिस्थितिमा केन्द्रित हुने नेकपा (एमाले)का सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । ‘प्रतिनिधि परिषद् बैठकका लागि स्थायी समिति बैठकमा छलफल भइसकेकाले पोलिटब्युरोबाट समेत सुझाव लिने गरी अध्यक्ष झलनाथ खनालको राजनीतिक प्रतिवेदनमा छलफल केन्द्रित हुन्छ’- ज्ञवालीले भन्नुभयो ।
केन्द्रीय सङ्गठन विभागको बैठकले समेत पोलिटब्युरोमा पेस गर्न केही प्रस्तावहरू तयार गरेको बुझिएको छ, जसमा विभिन्न विभाग र अञ्चललाई पूर्णता दिने पहिलेदेखि नै थाँती रहेको विषय छ । स्थायी समितिमा प्रस्तुत अध्यक्षको राजनीतिक प्रस्तावलाई पार्टी सचिवालयले थप सुझाव दिई पोलिटब्युरोमा लैजाने निर्णय गरेको हो । यद्यपि, यसको अन्तिम रूप भने आगामी केन्द्रीय कमिटीले दिनेछ ।

तपाईको प्रतिक्रिया