शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
इटहरी- होटलमा एक युवतीलाई बलात्कार गरेको आरोपमा ३ युवालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी स्थित कलङ्की चौकमा रहेको एक होटलबाट प्रहरीले हासपोसाका सन्तु लिम्बु, संजोग श्रेष्ठ र सन्तोष कुवरलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक सागर थापाले जानकारी दिनुभयो ।
उनिहरुले एक युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका तीनैजनाको बारेमा अनुसन्धान भैरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया