शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – टोकियोको सुमिदा कु मा निर्मित संसारकै सबैभन्दा अग्लो टावर टोकियो स्काइ ट्रिको भवनमा रहेका बिभिन्न पसलहरु तथा रेष्टुरेन्टहरु गत मंगलबारदेखि सर्बसाधारणका लागि खुल्ला गरिएको छ ।

जापानको एउटा महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा निर्माण गरिएको उक्त ६३४ मिटर अग्लो स्काइ ट्रि टोकियोकै अर्को प्रख्यात पर्यटकिय स्थल आसाकुसाबाट नजिकै पर्दछ । उक्त स्काइ ट्रिको भवनमा बिभिन्न किसिमका पसल तथा रेष्टुरेन्टहरुको संख्या ३०० भन्दा बढी रहेको जनाइएको छ ।

स्काइ ट्रिमा निर्मित अवलोकन कक्षहरुबाट टोकियो वरपरका दृष्यहरु हेरेर मनोरञ्जन लिन सकिने छ । ती अवलोकन कक्षहरु भने आगामी मे २२ तारिखदेखि सर्बसाधारणको लागि खुल्ला गरिने भएको छ ।

तपाईको प्रतिक्रिया