शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टोकियो – स्वदेशीको लगानीमा १ बर्ष अघि शुरु गरिएको जापानबाट नेपाल पैसा पठाउने पहिलो रेमिट्यान्स कम्पनी जापान मनि एक्सप्रेस (JME) ले आफ्नो स्थापनाको दोश्रो वाषिर्कोत्सवको उपलक्ष्यमा आकर्षक उपहार योजनाहरुका साथै सेवा शुल्कमा भारी छूट गर्ने घोषणा गरेको छ ।

जेएमईले १ पटक पैसा पठाउँदा हालसम्म लाग्ने गरेको २ हजार येन सेवा शुल्कमा हेरफेर गरी पहिलोचोटी पठाउने ग्राहकलाई १ हजार येन, दोश्रो पटकदेखि सबैलाई १५ सय येन र १० पटकसम्म पैसा पठाई सकेकाहरुका लागि ११ औं पटकको सेवा शुल्क निःशुल्क गर्ने घोषणा गरेको छ । जेएमईले उक्त योजना यहि नोवेम्बर ६ देखि डिसेम्बर ३१ सम्म लागु हुने बताएको छ । जेएमईले मोटरसाईकल तथा स्कुटर उपहार योजना भने यसअघि नै बजारमा ल्याईसकेको हो ।

उक्त कुरा जापान मनि एक्सप्रेस (JME) टोकियो जापानका तर्फबाट प्रमुख कार्यकारी निर्देशक डिपि अर्यालले जारी गर्नुभएको प्रेस बिज्ञप्तीमा जनाईएको छ ।

बिज्ञप्तीमा, जेएमईप्रति जापानबासी नेपालीहरुले देखाउनुभएको न्यानो सहयोग, सद्भाव र समर्थनको उच्च कदरस्वरुप हार्दिक आभार ब्यक्त गर्दै आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी नेपाल फोन गर्न मिल्ने जेएमई सदस्यता कार्ड पनि बितरण गर्न शुरु गरेको बताईएको छ ।

बिज्ञप्तीमा अगाडि भनिएको छ – जापान मनि एक्सप्रेस (JME) प्रति जापानबासी नेपालीहरुले पुर्‍याउनुभएको सहयोग, समर्थन र सद्भावको लागि हार्दिक आभार ब्यक्त गर्दै रेमिट्यान्स सेवालाई अझ प्रभावकारी बनाउन नयाँ योजनाहरु बजारमा ल्याएको सहर्ष जानकारी गराउन चाहान्छौं ।

जापान सरकारको फाइनान्स ब्यूरोबाट २०१० जुलाई महिनामा रेमिट्यान्स कम्पनीहरुको छैठौं नम्बरमा सूचीकृत हुन सफल जापान मनि एक्सप्रेस नेपालीको लगानीमा सञ्चालित पहिलो रेमिट्यान्स कम्पनी हो । यस रेमिट्यान्स कम्पनीलाई जापानबासी नेपालीहरुबाट प्राप्त उत्साहजनक सहयोग र समर्थनको उच्च सम्मान गर्दै स्थापनाको दोश्रो बर्षगांठको अवसरमा बिभिन्न उपहार योजनाहरु बजारमा ल्याएका छौं । छोटो समयमै यहाँहरुको बिश्वास, सहयोग र सद्भाव आर्जन गरी नेपालीद्वारा सञ्चालित यस संस्थाको बिकास हुनु भनेको समग्र नेपालीकै बिकास हुनु हो भन्ने हाम्रो ठम्याई रहेको छ । हाम्रा आदरणीय ग्राहकहरुबाट प्राप्त सानो सेवा शुल्क पनि नेपालमै जाने र जसले गर्दा देशकै अर्थतन्त्रमा टेवा पुग्ने कुरालाई मध्यनजर राख्दै जापानका हरेक गाउँबस्ती र शहरहरुबाट हाम्रा ग्राहकवर्गबाट दिन प्रतिदिन हामीप्रति देखाउनुभएको बढ्दो बिश्वास, सहयोग, समर्थनबाट हामीलाई अत्यन्तै उत्साह र ऊर्जा मिलेको छ । जापानबाट नेपाल पैसा पठाउनु नै छ भने आफ्नै संस्था जेएमई मार्फत पठाउनुपर्छ भन्ने मान्यतालाई एकअर्काबीच आदान- प्रदान र प्रेरित गरिरहनु हुने समस्त ग्राहकहरुप्रति उच्च सम्मान प्रकट गर्न चाहान्छौं ।

हाम्रा ग्राहकवर्गको सुबिधालाई थप ध्यानमा राख्दै अब मोटरसाइकल र स्कुटर मात्र उपहार योजना पर्याप्त नभएको महशुस गरी यहि २०११ नोवेम्बर ६ देखि डिसेम्बर ३१ तारिखसम्म जापानबाट नेपाल रकम पठाउनुहुने महानुभाबहरुका लागि सहुलियत दरमा रकम पठाउने योजना सार्बजनिक गरेका छौं । जसअनुसार जेएमईको ग्राहक बनि प्रथम पटक रकम पठाउने ग्राहकलाई सेवा शुल्क एक हजार येन मात्र, दोश्रो पटकदेखि सबैलाई १५ सय येन र १० पटकसम्म रेमिट्यान्स गर्नुहुने ग्राहकलाई ११ औं पटकका लागि निःशुल्क गर्ने निर्णय गरेका छौ । साथै हाम्रा सबै ग्राहकलाई नेपाल टेलिफोन गर्न मिल्ने सुबिधा भएको जेएमई सदस्यता कार्ड समेत बितरण सुरु गरेका छौं । कार्ड बितरण लगत्तै सो कार्ड लिने सम्पूर्ण ग्राहकलाई अन्य सेवा र सुबिधा पनि उपलब्ध गराईने तयारी भईरहेको छ । तत्सम्बन्धि बिस्तृत जानकारी छिट्टै सार्बजनिक गरिने छ -बिज्ञप्तीमा जनाईएको छ ।

जेएमईले नेपालमा काठमाडौंको दरबारमार्गस्थित शेर्पा मलमा रहेको आफ्नै कार्यालयबाट प्रत्यक्षरुपमा ग्राहकलाई सेवा पुर्‍याउँदै आईरहेको छ । यहाँहरुको हामीप्रतिको यो विश्वासलाई अझ प्रगाढ बनाउँदै लैजानका लागि आउँदा दिनमा अझै राम्रा र प्रभावकारी सेवा दिंदै जाने प्रतिबद्दता ब्यक्त गर्दछौं- बिज्ञप्तीमा उल्लेख छ ।

JME सम्बन्धि थप जानकारीका लागि

 

तपाईको प्रतिक्रिया