शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
काठमाडौं– नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीले संकल्प नगरेसम्म शान्ति र संविधान निर्माणको कार्य पुरा नहुने ठोकुवा गरेका छन् ।
आफ्नै निवासमा सञ्चारकर्मीको देउसी टोलीसँगको साक्षातकारमा खनालले माओवादी शान्ति र संविधान निर्माणको लागि तयार भए अरु सबै दल तयार रहेको दावी गरे ।
उनले सबै नेपालीलाई शान्ति र संविधान चाहिएको भन्दै त्यसको लागि झलनाथ खनालको मात्रै होइन ३ करोड नेपाली र सबै राजनीतिक दलको अर्जुनदृष्टि हुनु पर्ने समेत बताए ।
उनले दिपावली जस्तो चाडले माओवादीलाई शान्ति र संविधानको जिम्मेवारी छिटो पुरा गर्न प्रेरणा मिलोस् भनेर कामना समेत गरे ।

तपाईको प्रतिक्रिया