सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल पौष २३ गते विहिबार नेपाल सम्बत ११४१ थिंल्लागा,सन् २०२१ जनवरी ७ तारिक कृष्णपक्ष नवमी तिथि राती १० वजेर २९ मिनेटसम्म ( जापानमा राती १ वजेर ४४ मिनेटसम्म ),चित्रा नक्षत्र अपरान्ह २ वजेर ५४ मिनेटसम्म ( जापानमा साँझ ६ वजेर ९ मिनेटसम्म ), सुकर्मयोग,तैतिलककरण,आनन्दादियोग चर,सूर्य धनु राशिमा,चन्द्रमा तुला राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): पारिवारिक सहयोगमा वृद्धि हुनेछ । नोकरीमा भूमिकाको खोजी हुनेछ । मुद्धा मामिलामा जीत हुनेछ । लोभमोह बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । बैदेशिक कार्यमा आँशिक सफलता मिल्नेछ । पढाई लेखाईमा ध्यान जाने छैन । यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): विरोधी सल्बलाउने छन तर तीनले केहि गर्न सक्ने छैनन तर सतर्क रहनु होला । गोप्य सूचना नचुहाउनु होला । संघर्षबाट सफलताका सिढि चढ्न पाईनेछ । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ । सुरक्षित आर्थिक करोवार गर्नु होला । शैक्षिक गतिविधि कम हुनेछन् । प्रतिश्पर्धाबाट नभागि अगाडि बढ्नु होला । अरुको भर नपर्नु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दुविधा बढ्न सक्छ । आफुमा भएको ज्ञान शिपको प्रयोग गरी काम गर्नु होला । समयमा निर्णय लिन सकिएन भने आफ्नो ठाँउ अरुले लिने छन् । आलस्यता बढ्नेछ । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । चालु पूँजीको अभावमा काम गर्न गाह्रो हुनेछ । धन दिएर आफन्तलाई टाढा नबनाउनु होला ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): घर डेराको समस्या पर्न सक्छ । शरीरिक एवं मानसिक शिथिलता बढ्नेछ । भाई बन्धुको सहयोग कम मिल्नेछ । विवादित काममा हात नहाल्नु होला । धन सम्पतिको विषयलाई लिएर बढि टाउको दुखाई हुनेछ । घरपरिवारमा समस्या आउन सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । समस्या घट्ने भन्दा बढ्ने देखिन्छ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): राजनीतिमा चासो बढ्नेछ । आफ्नै बाहुबलबाट कार्य सम्पादन तथा आर्थिक उन्नति हुनेछ । बाहिरी कामलाई कम प्राथमिकता दिनु होला । साहास,धैर्यता र पराक्रम बढ्नेछ । घर परिवारबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । बौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): कुरामा भन्दा काममा जोड दिनु होला । कमाईमा भन्दा रमाईमा बढि समय जानेछ । ईष्टमित्रबाट सहयोग पाईने छैन । घरका समस्या मिलाउन समय लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । वचाएर राखेको धन खर्च हुनसक्छ । व्यापार व्यवसायमा आएको मन्दि कायम रहला । हतारमा गरेका काम विग्रिने छन् ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनु हुनेछ तर भ्रमबाट मुक्त भएर अगाडि बढ्नु होला । भोज भतेर तथा सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापारमा क्रमिक सुधार आउनेछ । पढाई लेखाईमा प्रगति कम हुनेछ । लोभमोह बढ्नेछ । ईष्टमित्र साथी भाईबाट सहयोग अल्प मिल्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन अलमलमा व्यतित हुने देखिन्छ । मनमा महत्व पालेर मात्रै काममा प्रगति हुने छैन । उपलब्धिका काम भन्दा खर्चका काम सहज रुपमा हुनेछन् । आतिथ्यता खर्च बढि हुनेछ । इज्जतमा दाग लाग्न सक्छ सतर्क रहनु होला । पढाई लेखाईमा अवरोध आउनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । लगानी नबढाउनु होला गरेमा डुब्नेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समय अनुकुल नै देखिन्छ । मनोवाञ्छित काम पुरा हुने योगछ । जागिरबाट लाभान्वित हुनुहुनेछ भने राजनीतिमा सक्रियता बढ्नेछ । आकस्मिक आम्दानीको योग देखिन्छ । कहि कतैबाट पुस्कार मिल्न सक्ने कुरालाई नकार्न सकिन्न । परिवारमा सुख शान्ति मिल्नेछ । गरेका कामबाट धेर थोर लाभ लिन सकिनेछ । सामाजिक प्रतिष्ठा बढ्नेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):गतिरोधको अन्त्य हुनेछ । समयले पूर्ण साथ दिनेछ । काममा देखिएका समस्या समाधन हुनेछन् । विवादित कामको टुङ्गो लाग्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । तपाईको कामबाट अरु पनि प्रभावित हुने छन् । सामाजिक प्रतिष्ठ बढ्ला । जागिरबाट लाभ हुनेछ । राजनीतिमा चासो बढ्नेछ । हतारमा भने कुनै निर्णय नलिनु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): झुट्टा आश्वासनमा फस्ने सम्भावना देखिन्छ सतर्क भई काम गर्नु होला । मानसिक तनावमा कमि आउनेछ । आलोचनाबाट मुक्त हुनुहुने छैन । समस्याहरु विस्तारै कम हुनेछन् । अनावस्यक खर्चमा कमि आउनेछ । पढाई लेखाईमा सामान्य सुधार आउनेछ । आस्था र विश्वास पलाउनेछ । धार्मिक यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन प्रतिकुल देखिन्छ । जोखिम मोलेर कुनै काम नगर्नु होला । विश्वासको संकट पर्नेछ । आफ्नो सोचाईको विपरित काम हुनेछन् । मानसिक चिन्ता बढ्नेछ । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । कर्म क्षेत्रमा दुष्टहरुको आगमन हुनसक्छ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

तपाईको प्रतिक्रिया