सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,हेमन्तर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल पौष ११ गते शनिबार नेपाल सम्बत ११४१ थिंल्लाथ्व,तदनुसार सन् २०२० डिसेम्बर २६ तारिक मार्गशिर्ष शुक्लपक्ष द्वादशी तिथि राती ४ वजेर १६ मिनेट सम्म ( जापानमा अहोरात्र ),भरुणी नक्षत्र विहान ११ वजेर २२ मिनेटसम्म (जापानमा अपरान्ह २ वजेर ३७ मिनेटसम्म, सिद्धियोग,बवकरण,आनन्दादियोग ध्वाँक्ष,सूर्य धनु राशिमा,चन्द्रमा साँझ ६ वजेसम्म (जापानमा राती ९ वजेर १५ मिनेट सम्म) मेष उप्रान्त वृष राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिनको अधिकाँश समय अनुकुल नै देखिन्छ । समयमा गरेका काम सफल हुनेछन् । साँझपख आफन्तका कारण धन खर्च हुनेछ । प्रयत्न नगरि कुनै काम बन्ने छैनन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । भौतिक सुखमा कमि आउनेछ । पुण्यात्म काम हुनेछन् ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले आज पनि पूर्ण साथ दिने छैन । अनावस्यक खर्चमा वृद्धि हुनेछ । मनमा नाना थरिका कुरा खेल्ने छन् । सहयोगको आशा राख्नु गलत हुनेछ । व्यापार व्यवसायबाट सोचे आम्दानी हुने छैन । साँझपख समयमा सुधार आउनेछ । दुर्जनहरु पछि पर्ने छन् ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): अपरान्ह सम्म समयले साथ दिनेछ । समयमा काम गर्ने प्रयत्न गर्नु होला । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । साँझपखबाट समयले कम साथ दिनेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । आर्थिक समस्या झेल्नु पर्नेछ । राम्रो कुरा गर्दा नराम्रो हुनेछ । दुष्टहरु अगाडि पर्ने छन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । कार्य क्षमतामा कुनै कमि आउने छैन । गरेका अधिकाँश काम सम्पादन हुनेछन् । विरोधी कमजोर बन्ने छन् । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । मित्रजनको सहयोग मिल्नेछ । ज्ञान आर्जन हुनेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा क्रमिक सुधार आउने देखिन्छ । काम प्रतिको लगाव बढ्नेछ भने खर्चमा कमि आउनेछ । नोकरी तथा राजनीतिमा नयाँ भुमिकाको खोजी हुनेछ । आस्था जागृत हुनेछ । धार्मिक कार्यक्रममा सहभागि हुने अवसर मिल्नेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयमा सुधार आउने देखिन्न । भाग्यले साथ दिने छैन । पढाई लेखाईमा कम प्रगति हुनेछ । कष्टपूर्ण यात्राको सम्भावना देखिन्छ । व्यापार व्यवसायमा उतार चढाव आउनेछ । मनमा शान्ति मिल्ने छैन । उपकारी काम हुनेछन् । घरमा बस्न मन लाग्ने छैन ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा विलम्ब नगर्नु होला आफैलाई घाटा हुनेछ । उत्तराद्र्धमा भन्दा पूवाद्र्धमा गरेका काम बढि फलदायि हुनेछन् । साँझपखबाट समयले कम साथ दिनेछ । व्यापारमा गिरावट आउनेछ । स्वास्थ्य कमजोर बन्नेछ । मुखको सहयोग धेरै पाईनेछ भने व्यवहारिक सहयोग मिल्ने छैन । संचित धन नचलाउनु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): दिन अनुकुल नै देखिन्छ हेलचक्र्याई नगरि काम गर्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । खेलाडीको लागि दिन उत्तम देखिन्छ । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । पढाई लेखाईमा मन जानेछ । ऋण लगानीमा जोड नदिनु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन मध्यम खालको देखिन्छ । अरुको भर विश्वास नगर्नु होला । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । आफन्तको सहयोग स्वल्प हुनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । पठन पाठन कार्यबाट कम सन्तुष्टि मिल्नेछ । धन दिने काम नगर्नु होला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): आफुले सोचे जस्तो कहि कतै हुने छैन । आर्थिक कारोवारमा विशेष चनाखो रहनु होला । घरयासी खर्चमा वृद्धि हुनेछ । साँझपख समयमा सामान्य सुधार आउनेछ । समस्या घट्ने छन् । प्रेम आशक्ति बढ्नेछ । व्यापार व्यवसायबाट सामान्य खालको लाभ हुनेछ । पढाई लेखाईमा ध्यान जानेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । समयमा गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अपरान्हबाट समयले कम साथ दिनेछ । रिस,क्रोध र अंहकार नियन्त्रण गरेर काम गर्नु होला । शारीरिक शिथिलता बढ्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समय सुधारोन्मुख देखिन्छ । लगनशिलता बढाउनु होला । समयको अन्तरालमा धेरै समस्याको छिनोफानो हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । भाई बन्धुहरु थोरै सकरात्मक हुनेछन् । पठन पाठनमा थोरै ध्यान जानेछ । आत्म विश्वास बढ्नेछ ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया