आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण ९ गते शुक्रबार नेपाल सम्बत ११४० गुंलाथ्व,सन् २०२० जुलाई २४ तारिक शुक्लपक्ष चतुर्थी तिथि अपरान्ह ४ वजेर २६ मिनेटसम्म (जापानमा साँझ ७ वजेर ४१ मिनेटसम्म), पूर्वफाल्गुनी नक्षत्र अपरान्ह ६ वजेर ४१ मिनेटसम्म (जापानमा राती ९ वजेर ५६ मिनेटसम्म),  वरियनयोग, वणिजकरण, आनन्दादियोग सिद्धि, सूर्य कर्कट राशीमा, चन्द्रमा राती १२ वजेर १९ मिनेटसम्म (जापानमा राती ३ वजेर ३४ मिनेटसम्म) सिंह उप्रान्त कन्या राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): भ्रम मुक्त हुन आवस्यक देखिन्छ । योजना बनाएर काम गर्नु होला थोरै सफलता मिल्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ सचेत रहनु होला । अरुको भरमा काम नगर्नु होला धोका हुनसक्छ । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । नोकरी र राजनीतिमा अप्ठ्यारो पर्न सक्छ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । तनाव घट्नेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गर्ने जोश जागर घट्नेछ । चिन्ता बढ्नेछ । कुरा धेरै,सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना मुक्त देखिन्न । घरयासी समस्याले सताउनेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । गाँठो बलियो गर्नुहोला धन माल हराउन सक्छ । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा देखिएका समस्या कम हुनेछन् । बाधा अवरोध हट्ने छन् । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सहयोग गर्नेको भने कमै हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सहयोगको आशामा काम नगर्नु होला । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । शत्रु कमजोर हुनेछन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समस्या कम भएर जानेछन् । शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । साना तिना चुनौतिसँग नडराई काम गर्नु होला गन्तव्यमा पुग्न सकिनेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउनेछ । भोज भतेर सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): दिन प्रतिकुल देखिन्छ । काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई बढि हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । दुर्जनहरु भेटिने छन् ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): विगतका समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । सामाजिक प्रतिष्ठा बढ्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापारबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् । वोलीको प्रभाव बढ्नेछ ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पुराना समस्या समाधान हुनेछन् । भाग्यका साथै कर्म बलियो देखिन्छ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ तर सोचे जस्तो नहुन सक्छ । पढाई लेखाईमा प्रगति हुनेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । ज्ञान,शिप र दक्षताको विकास हुनेछ । अरुको आशामा काम नगर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा सामान्य सुधार आउनेछ । बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम कम हुनेछन् । सामान्य खालको यात्रा हुनसक्छ । अर्थ अभावका कारण काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास बढ्नेछ । व्यापारमा आएको मन्दि कायम रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला । सचेत हुनुहोला,आफन्तका कारण आर्थिक क्षय वेहोर्नु पर्ला ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन प्रतिकुल देखिन्छ । खर्च बढ्नेछ । दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । अरुको विश्वास र भरोसामा काम गर्नु भयो भने धोका खानु हुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): कुरा भन्दा काममा बढि ध्यान दिनु होला ग्रह,गोचर अनुकुल जस्तै देखिन्छ । स्त्रीका कारण लाभान्वित हुनुहुनेछ । कुनै पनि क्षेत्रमा निरास भएर फर्किनु पर्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सहयोग पाईनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): पाइला पाइलामा विचार पु-याएर हिड्नु होला । तपाई माथि शत्रुको बक्रदृष्टि पर्नेछ । कार्य सम्पादनाम कठिनाइ हुनेछ । मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ । ऋण लगानीमा जोड नदिनु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया