सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण ६ गते भौमबार नेपाल सम्बत ११४० गुंलाथ्व तदनुसार,सन् २०२० जुलाई २१ तारिक शुक्लपक्ष प्रतिपदा तिथि राती ९ वजेर ४३ मिनेटसम्म(जापानमा राती १२ वजेर ५८ मिनेटसम्म), तिष्य नक्षत्र राती ९ वजेर ३९ मिनेटसम्म (राती १२ वजेर ५४ मिनेटसम्म), वज्रयोग, किस्तुघ्न करण,आनन्दादियोग प्रवद्र्ध,सूर्य कर्कट राशीमा,चन्द्रमा पनि कर्कट राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समय त्यति सहज देखिदैन । जोखिम मोलेर कुनै काम नगर्नु होला । आकस्मिक खर्च वृद्धिले कार्य क्षेत्रमा असर पुग्नेछ । व्यवहारिक सहयोग गर्ने कोहि हुने छैनन । अरुको काम गरेर न जश न शान्ति मिल्नेछ । पारिवारिक समस्या बढ्नेछन् । काम काजमा बाधा अवरोध आउने देखिन्छ । व्यापार घाटा बढ्नेछ । धनमाल चोरी वा हराउन सक्छ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयले थोरै साथ दिनेछ । आफ्नै बाहुबलबाट अधिकाँश काम सम्पादन हुनेछन् । अरुको बोलीको विश्वासमा कुनै दम हुने छैन । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सहयोग मिल्नेछ । मुद्धा मामिलामा जीत हुनेछ । राजनीति तथा नोकरीमा पदभार थपिन सक्छ । प्रयत्नबाट नयाँ काम मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आफन्त भनेर भर पर्दा धोका हुनेछ । धन दिएर इष्ट गुमाउने काम नगर्नु होला । आर्थिक कारोवारमा नियन्त्रण गर्नु पर्र्ने देखिन्छ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । आफ्नै ज्ञान शिप र बुद्धिको प्रयोग गरेर काम गर्नु होला । समयको महत्व बुझ्न सकिएन भने धेरै अवसर गुमाउनु पर्नेछ । प्रयत्नहरु भने सफल हुनेछन् ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दुविधामा परेर कुनै काम नगर्नु होला । स्त्रीजातीक कारण काममा अप्ठ्यारो पर्न सक्छ चनाखो रहनुहोला । लगनशिल भई गरेका काम सफल हुनेछन् । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्न सक्छ । स्वतन्त्रण प्रकृतिका व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । झमेलाबाट पूर्ण मुक्ति भने मिल्ने छैन ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): दीर्घकालिन असर पुग्ने खालका काम नगर्नु होला । महत्वकाँक्षी योजना अगाडि बढाउदा क्षति धेरै हुनसक्छ । सहयोग गर्ने कोहि हुने छैन,मिठा र चिल्ला कुराको पछि नदौडिनु होला दुःख पाईनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । फजुल खर्चमा वृद्धि हुनेछ । राज्यबाट पीडित हुने अवस्था आउन सक्छ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । आश्वासनका भरमा काम गर्दा नोक्सान वेहोर्नु पर्ने अवस्था आउन सक्छ । मान्यजनको आशिर्वाद सहयोग लिएर काम गर्नु होला । वुद्धि,विवेक,ज्ञान र शिपको सदुपयोग गर्न सके उपलब्धि राम्रै हात लाग्नेछ । आकस्मिक धन हात पर्ने योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समस्याको समाधान आफैबाट खोज्नु होला । लगनशिल भई काम गरेमा पुराना रोकिएका काम पनि सम्पादन हुनेछन् । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । सामाजिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुनुहुनेछ । तपाईलाई सहयोग गर्ने भन्दा सहयोग माग्ने बढि हुनेछन् । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समस्याहरु विस्तारै कम हुनेछन् । भाग्यले थोरै साथ दिदा केहि सहजता महशुस हुनेछ । आफ्नो काम छोडेर अरुको कामतिर नलाग्नु होला । शैक्षिक गतिविधि अगाडि बढ्ने छन् । पारिवारिक खर्च नियन्त्रण गरेर काम गर्नु होला । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । यात्राको सम्भावना देखिन्छ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): जोखिम मोलेर कुनै काम नगर्नु होला । हरेक क्षेत्रमा सचेत भएर अगाडि बढ्नु होला समस्या काबु भन्दा बहिर जाने सम्भावना देखिन्छ । मानसिक तनाव घट्ने छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । आर्थिक संरचनालाई नचलाउनु होला । अरुको कुरा सुनेर काम गर्नु भयो अथवा लगानी गर्नु भयो भने डुब्नु हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): काम गर्दा विवादबाट टाढा बस्नु होला । उधारो छोडेर नगदमा काम गर्नु होला नत्र पछि उठाउन गाह्रो हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पार्न सकिनेछ । साझेदारी काम त्यति सफल देखिन्न । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोमा केहि काम हुनेछन् । यात्राको सम्भावना देखिन्छ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काममा शत्रुको बक्रदृष्टि पर्नेछ हेलचक्र्याई नगरि काम गर्नु होला । सवैलाई आफ्नो ठानेर काम गर्ने अवस्था रहने छैन । संघर्ष विना कहि कतै केहि हुने छैन । मेहनतको अन्तिम परिणाम भने सुखद रहनेछ । मुद्धा मामिला जीत हुनेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । ऋण बढ्न सक्छ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): हल्का रुपमा कुनै कुरालाई नलिनु होला । काममा सक्रिता बढाउनु पर्ने देखिन्छ । भ्रमबाट मुक्त हुनुपर्ने देखिन्छ । बाह्य कुरामा लाग्नु भयो भने पछि परिनेछ । अध्ययन अध्यापन कार्यमा प्रगति कम हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर विश्वासमा मात्र अगाडि बढ्ने अबस्था देखिन्न ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया