आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य दक्षिणायनं,वर्षर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल श्रावण ४ गते रविबार नेपाल सम्बत ११४० दिल्लागा,सन् २०२० जुलाई १९ तारिक कृष्णपक्ष चतुर्दशी तिथि राती ११ वजेर १७ मिनेटसम्म (जापानमा राती २ वजेर ३२ मिनेटसम्म), आद्र्रा नक्षत्र राती ९ वजेर ४२ मिनेटसम्म (जापानमा राती १२ वजेर ५७ मिनेटसम्म), व्याघातयोग, विष्ठिकरण, आनन्दादियोग ध्वाँक्ष, सूर्य कर्कट राशीमा, चन्द्रमा मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सामान्यतया गोचरबाट दिन अनुकुल देखिन्छ । समयको सदुपयोग गर्न पछि नपर्नु होला । लगनशिल भई गरेका अधिकाँश काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आर्थिक कारोवारमा विशेष ध्यान दिनु होला । अरुबाट सहयोगको अपेक्षा धेरै नराख्नु होला । व्यवहारिक सहयोग भन्दा कुराको सहयोग मात्र पाईनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समय सुधारोन्मुख देखिन्छ तर कामले पूर्ण गति भने लिने छैन । लगनशिल भई गरेका काम केहि सफल हुनेछन् । व्यापार व्यवसायमा विस्तारै सुधार आउनेछ । आफन्तबाट सहयोगको आसा धेरै नराख्नु होला । पढाईमा सामान्य सुधार आउनेछ । साझेदारी काममा हात नहाल्नु होला । कुरा भन्दा काममा जोड दिनु होला ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयको महत्वलाई हेलचक्र्याई नगर्नु होला । विना तयारी,विना योजना कुनै पनि क्षेत्रमा हात नहाल्नु होला । प्रयास र प्रयत्नहरु भने सफल हुनेछन् । भोज भतेरको निम्तो आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । वित्तिय कारोवार गर्दा सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला । पढाईमा सामान्य प्रगति हुनेछ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): प्रतिकुल बातावरणमा खेल्नु पर्नेछ । लगानी बढाउने काम नगर्नु होला । अरुको भर विश्वासमा मात्रै काम नगर्नु होला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ ध्यान दिनु होला । सुरक्षित यात्रा गर्नु होला । वैदेशिक क्षेत्र कमजोर देखिन्छ । पारिवारिक तनाव बढ्न सक्छ । प्रतिष्ठामा आच आउने काम हुनसक्छन् ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने वातावरण विग्रिने छैन समयको महत्वलाई बुझ्नु होला । काम गर्ने जोश जागर घट्ने छैन । काम गर्दै जादा असम्भव पनि सम्भव हुनेछन् । राजनैतिक व्यक्तित्वबाट सहयोगको अपेक्षा धेरै नराख्नु होला । प्रयत्नबाट नयाँ काम हात लाग्नेछन् । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । काममा ढिला सुस्ति भने पटक्कै नगर्नु होला ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): आश्वासनको भरमा मात्रै काम नगर्नु होला । आफ्नो काम गर्न आफै सक्षम हुनुहुनेछ । गरेका ९० प्रतिशत काममा सफलता मिल्नेछ । नोकरी तथा राजनीतिमा अवसरको खोजी हुनेछ प्रयत्न गरेमा मिल्न सक्छ । आफन्तको सहयोग साहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ ।

 

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): स्थिर मन लिएर कर्म क्षेत्रमा जानु होला । समयमा सामान्य परिवर्तन आउनेछ । लगनशिलता बढाउनु होला । रोकिएका काम अगाडि बढ्ने छन् । अविश्वास हटेर जानेछ । कुनै कुराको निर्णय लिनु पूर्व तयारी र अध्ययन गरेर मात्र अगाडि बढ्नु होला । व्यापार व्यवसायमा सामान्य सुधार आउनेछ । उपकारी काम हुनेछन् ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । झुट्टा आश्वासन धेरै पाईनेछ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला । परिश्रमको मुल्य चुकाउनु पर्नेछ । व्यवसायबाट लगानी अनुसारको प्रतिफल पाउन गाह्रो हुनेछ । कार्य शिथिलता बढ्ने देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । अरुको काममा समय बढि लगानी हुनेछ ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): भ्रममा नपर्नु होला । समयमा गरेका काम सफल हुनेछन् । अरुबाट सहयोग लिएर काम गर्ने वातावरण मिल्ने छैन । लगनशिल भई गरेका कामबाट लाभान्वित हुनुहुनेछ । लेनदेन कारोवार गर्दा सुरक्षित विधि अप्नाउनु होला । आयत निर्यात व्यापारबाट सामान्य आम्दानी हुनेछ । पारिवारिक सम्बन्ध विस्तार हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दुष्टहरु भेटिने छन् आफ्ना आन्तरिक कुरा कसैलाई नखोल्नु होला । तपाई माथि आर्थिक चलखेल बढि हुनसक्छ । मुद्धा मामिलामा जीत हुनेछ । दैनिक काम काज अगाडि बढ्नेछन् । नयाँ परिस्थितिको सृजना हुनेछ । साझेदारी केहि नगर्नु होला । संघर्षबाट विचलित नहुनुहोला । प्रतिश्पर्धामा सफल हुनुहुनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिक्भ्रमित हुदा अवसर फुत्किनेछन् । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । काममा साना साना समस्या आउने छन् । काम गर्ने सहज बातावरण बन्ने छैन । महत्वकाँक्षा जागेर आउनेछ । व्यापार व्यवसायबाट लाभ लिन सकिने छैन । राजनैतिक चलखेल बढि हुनेछ । सहयोगी मनहरु कमै भेटिने छन् ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): विहोसीपनले गर्दा उपलब्धि गुम्नेछ । काम गर्ने वातावरण विग्रिने छ । आशा र भरोसामा काम गर्नु मिथ्या हुनेछ । घरका समस्या समाधान गर्दा उपलब्धिका काम फुत्किने सम्भावना त्यत्ति कै देखिन्छ । काममा सहजीकरण गरिदिने कोहि हुने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अविश्वासका द्वार थोरै खुल्ने छन् ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु ) नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया