आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

सूर्य उत्तरायण,ग्रीष्मर्तुः,प्रमादी नाम संवत्सर,श्रीशाके १९४२,सम्वत २०७७ साल ज्येष्ठ ११ गते आइतबार नेपाल सम्बत ११४० तछलाथ्व तदनुसार,सन् २०२० मे २४ तारिक शुक्लपक्ष द्वितीया तिथि राती १२ वजेर १९ मिनेटसम्म (जापानमा राती ३ वजेर ३४ मिनेटसम्म), मृगशिरा नक्षत्र अहोरात्र (जापानमा रोहिणी नक्षत्र विहान ८ वजेर ५ मिनेटसम्म उप्रान्त मृगशिरा नक्षत्र), सुकर्मयोग, बालवकरण, आनन्दादियोग सौम्य (जापानमा धाता), सूर्य वृष राशीमा,चन्द्रमा अपरान्ह ५ वजेर २३ मिनेटसम्म (जापानमा राती ८ वजेर ३८ मिनेटसम्म) वृष उप्रान्त मिथुन राशीमा ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लक्ष्य प्राप्तिको लागि मन,वचन र कर्मले लाग्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि गुमाउनु पर्ने अवस्था आउन सक्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पहिचान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला । पढाई लेखाईमा थोरै प्रगति हुनेछ ।

——————————————–

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन अनुकुल नै देखिन्छ । समयको महत्वलाई कत्ति पनि नभुल्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । यात्राको योग देखिन्छ । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । साथी भाई सामान्य सहयोग मिल्नेछ ।

——————————————–

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): दिन सहज देखिदैन । प्रतिकुल परिस्थितिको सामना गर्नुपर्ला । काममा बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ । आपतमा सहयोग गर्ने कोहि हुने छैनन । मिथ्या अरोप लाग्न सक्छ ।

——————————————–

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले साथ दिनेछ काम गर्दा कत्ति पनि ढिलो नगर्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । सहयोगको आशा धेरै नराख्नु होला । स्वतन्त्र प्रकृतिका व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । पारिवारिक सहयोग सामान्य मिल्नेछ ।

——————————————–

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आत्म विश्वास,कार्य क्षमता र लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट मुनाफा । गएका ठाँउमा आर्जन र भोर्जन राम्रै मिल्नेछ । कमाएको धनलाई बचाउने प्रयास गर्नुहोला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ ।

——————————————–

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

——————————————–

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले कम साथ दिनेछ । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तनको शिकार भईनेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । कुनै पनि काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

 ——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): असम्भवको ठाँउमा सम्भावनाका विरुवा रुपिनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । भय आतुरमा गरेका कामबाट हैरानी हुनेछ ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । साझेदारी काममा हात नहाल्नु होला ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): मनमा अशान्ति बढ्नेछ । समस्याको पहिचान गरेर मात्र काममा अगाडि बढ्नु होला । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन अनुकुल नै देखिन्छ । समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्रको सहयोग कम मिल्नेछ भने साथी भाईबाट उचित सहयोग पाईनेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मनाफा राम्रै हात लाग्नेछ । पढाई र सन्तानको विषयलाई लिएर मनमा थोरै असन्तोष बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।


(राशिफलमा जे जस्तो भए पनि सवैको दिन सुखमय रहोस् । ईश्वर दाहिना हुन । भगवानले रक्षा गरुन । ॐ शान्ति ! ॐ शान्ति ! ! ॐ शान्ति ! ! ! श्रीकुृष्णार्पणास्तु )

नोटः- यो राशि,पञ्चाङ्ग आदि नेपालको राजधानी काठमाडौंलाई आधार मानेर तयार गरिएको हो ।

तपाईको प्रतिक्रिया