Deneme Bonusu Veren Siteler
आइतबार, भाद्र २३, २०८१
Sunday, September 8, 2024

सर्लाहीको क्षेत्र नं ६ मा गोली चल्यो, २ घाइते

सर्लाही- सर्लाही जिल्लाको निर्वाचन क्षेत्र न. ६ धनकौल (पश्चिम) को वडा न. ८ र ९ को मतदान केन्द्रमा गोली चलेको छ । त्यहाँ २ जनालाई गोली लागी घाइते भएको प्रजिअ दिनेश घिमिरेले बताए । ...

नेकपा-माओवादीका कार्यकर्ताले मतपेटिका खोसेर खोलामा बगाए

जुम्ला- जुम्लाको झारज्वाला मतदान केन्द्रमा मतदान स्थगित भएको छ । नेकपा-माओवादीका कार्यकताद्धारा मतपेटिका खोसेर तीला नदीमा बगाइदिएका छन् ।

रौतहटमा एमाओवादी र एमालेबीच झडप

रौतहटको निर्वाचन क्षेत्र न.६ को प्रावि कोटियाही मतदान केन्द्रमा एमाओवादी र एमालेबीच झडप भएको छ । त्यहाँ स्थिति नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ ।

दुइ क्रियापुत्रीद्वारा मतदान

धनकुटा-त्रिवेणी उच्च मावि केन्द्रबाट दुइ क्रियापुत्रीले संविधानसभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । धनकुटा नगरपालिका ७ मा रहेको उक्त केन्द्रबाट आज बिहान क्रियापुत्रीमा रहेका वडा...

नेकपा-माओवादीका सप्तरी इन्चार्ज यादव पक्राउ

राजविराज- सप्तरी प्रहरीले चुनाव बहिष्कार आन्दोलनमा लागेका नेकपा-माओवादीका सप्तरी इन्चार्ज देवनाथ यादवलाई गएराती जिल्लाको प्रसवनी गाविसबाट नियन्त्रणमा लिएको छ । यसअघि नै जिल्ला सेक...

गोरखामा बाबुरामका कार्यकर्ताले अरुलाई भोट हाल्न दिएनन्

गोरखामा एकीकृत नेकपा माओवादीका कार्यकर्ताले अन्य पार्टीका कार्यकर्तालाई भोट हाल्न दिएका छैनन् । गोरखाको नामजुङ जनशक्ति मावि, हर्मीको महेन्द्रलिला उच्च मावि, ग्याल्चोकको पातलदेवी न...

जनकपुर र मोरङमा शंकास्पद वस्तु फेला

जनकपुर नगरपालिकास्थित भन्सार कार्यालय र नेपाल बैंक लिमिटेड बीचको गल्लीमा शंकास्पद बस्तु फेला भएको छ । मोरङ क्षेत्र नं.- २ को पथरीस्थित पथरी बहुमुखी क्याम्पस मतदान केन्द्र नजिकै शं...

रोल्पा २ थबाङमा अहिलेसम्म मतदाताहरु मतदान गर्न गएनन्

रोल्पा जिल्लाको क्षेत्र नं २ थबाङमा अहिलेसम्म मतदाताहरु मतदान गर्न गएनन् । नेकपा- माओबादीको पकड रहेको मानिने उक्त क्षेत्रमा १८७८ मतदाता रहेका छन ।

दोलखामा एमालेका पुर्वसभासदमाथि खुकुरी प्रहार

दोलखा- दोलखाको ठूलोपातल मतदान केन्द्रमा भएको झडपमा एमालेका पूर्व सभासद शान्ति पाख्रिन घाइते भएकी छन् । उनलाई खुकुरी प्रहार भएको छ । खकुरी प्रहार गर्ने ५ जनालाई सेनाले नियन्त्रणमा ...
एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं ३ मा मतदान

एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं ३ मा मतदान

एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नं ३ मा मतदान गर्नुभएको छ । उक्त क्षेत्रमा एमाओबादीका नारायण दाहाल, नेपाली काँग्रेसका भीमबहादुर श्रेष्ठ, नेकपा एमालेका कृष...

सर्लाहीमा बुथ तोडफोड

सर्लाही क्षेत्र नं. ६ बलरा-५ मदरसा बुथमा तराई मधेस लोकतान्त्रिक पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन्। तोडफोडमा संलग्नहरुलाई प्रहरीले पक्राउ गरेको छ।

बुथ कब्जा गर्ने क्रममा फोरम नेपाल र एमाओवादीबीच झडप

रौतहट- रौतहट ३ नं क्षेत्र मा फोरम नेपाल र एमाओवादीबीच झडप भएको छ । कोठीयाही मतदान केन्द्रमा दुई पार्टीबीच बुथ कब्जा गर्ने क्रममा झडप भएको हो । प्रहरीद्धारा ३ राउण्ड हवाई फायरसमेत...

विदेशमा रहेका नेपालीहरूको चुनावी चासो

टोकियो- विदेशमा रहेका नेपालीहरूले यतिवेला विदेशबाट मतदान गर्न नपाए पनि देशमा भएको संविधान सभाको चुनावको वारेमा निकै उत्सुकताका साथमा हेरिरहेका छन् । यसैगरी जापानको टोकियोमा रहेक...

काठमाडौंको भोटेबहालमा बम पड्कियो, ५ वर्षीय बालक गम्भीर घाइते

काठमाडौं-काठमाडौंको भोटेबहालमा बम पड्कियो, स्थानीय मदन खड्गीको ५ वर्षीय छोरा गम्भीर घाइते भएका छन् । बमले बालकको एउटा हात नै चुँडाइदिएको समाचार छ ।

१ सय १ बर्षीय बृद्धले भने- ‘मेरो मत खेर नजाओस्’

संखुवासभा- खाँदबारी नगरपालिका ४ पांमामा १ सय १ बर्षीय लालबहादुर राईले मतदान गरेका छन् । घरबाट २ घण्टा हिँडेर राई मतदान केन्द्रसम्म आएका थिए । उनले भने, 'भाबी सन्ततीका लागि संबिधान...

कांग्रेस उपसभापती पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाद्वारा मतदान

कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले झापा क्षेत्र नं २ को चन्द्रगढी- १ स्थित कलबलगुडी प्राविबाट मतदान गरेका छन् । उनी क्षेत्र परिवर्तन गरेर यसपटक क्षेत्र नं ३ मा गएका हुन् । रा...