Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
मधेसमा दुई प्रदेश सहित १० प्रदेश प्रस्ताव
काठमाडौं-  मधेसी जनअधिकार फोरम लोकतान्त्रिक एक मधेस एक प्रदेशको मागबाट औपचारिक रूपमै पछि हटेको छ । आज सार्वजनिक गर्ने  निर्वाचन घोषणापत्रमा मधेसलाई दुई प्रदेशको प्रस्ताव गरेर एक मधेस प्रदेशबाट पछि हटेको छ ।
फोरम लोकतान्त्रिकले घोषणापत्रमा पूर्वी क्षेत्रमा स्वायत्त मधेस प्रदेश र पश्चिमी क्षेत्रमा थरुहट स्वायत्त प्रदेशको प्रस्ताव गरेको छ । बाँकी आठ प्रदेश गरी जम्मा १० प्रदेशको अवधारणासहित उसले घोषणापत्र सार्वजनिक गर्दैछ ।
राज्य पुनर्संरचना आयोगले बुझाएको प्रतिवेदनअनुसार पहिचान र सामथ्र्यका आधारमा प्रदेश कायम गर्न माग गर्दै प्रदेशको नाम सकभर संविधानसभाले नै जुराउने सो पार्टीले जनाएको छ । तर, संविधानसभाले नाम जुराउन नसके प्रदेशसभाको पहिलो बैठकले नै आफ्नो नाम जुराउने गरी प्रदेश कायम गरिनुपर्ने अवधारणा घोषणापत्रमा छ ।
‘समग्र मधेस एक प्रदेशको अडानमा हामी रहन सक्दैनौँ । मधेसमा एक प्रदेश कायम हुन सक्दैन । घोषणापत्रमा भनिएको छ ।
फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले यसअघि मस्र्यौदा सार्वजनिक गर्दै मधेसमा एक प्रदेश हुन नसक्ने र दुई प्रदेश बनाउनुपर्ने बताएका थिए ।
राजनीतिक स्थिरताका लागि संसद्मा ५१ प्रतिशत मत ल्याएर प्रधानमन्त्री चुनिन सक्ने, तर प्रधानमन्त्रीबाट हटाउन ५० देखि ६० प्रतिशत बहुमत देखाउनुपर्ने पनि मस्यौदामा उल्लेख छ । प्रधानमन्त्री कार्यकारी रहेको संसदीय पद्धतिको अवधारणा सो पार्टीको छ ।
‘चेक एन्ड ब्यालेन्स’का लागि राष्ट्रपतिलाई केही अधिकार दिनुपर्ने पनि मस्यौदा घोषणापत्रमा उल्लेख गरिएको छ ।
संविधानसभाको पहिलो बैठकको ६ महिनापछि संविधानको मस्यौदा सार्वजनिक हुनुपर्ने र एक वर्षभित्र संविधान जारी गर्नुपर्ने पनि फोरम लोकतान्त्रिकले उल्लेख गरेको छ । मस्यौदामा पार्टीले अँगाल्ने सामाजिक, आर्थिक, पर्यटन, वैदेशिक नीतिलगायत विषयमा व्याख्या गरिएको छ ।
तपाईको प्रतिक्रिया