Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024
Puspa_Kamal_Dahal_Prachandaकाठमाडौं- एकीकृत नेकपा माओवादीले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
चुनावी प्रतिवद्धतापत्र नाम दिईएको घोषणापत्र काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा बिशेष कार्यक्रमसहित सार्वजनिक गरिएको हो ।
घोषणापत्रमा माओवादीले एक वर्षभित्र नयाँ सविधान दिने प्रतिबद्धता सहित प्रत्यक्ष चुनिने राष्ट्रपति कार्यकारी प्रमुख र प्रशासन चलाउने प्रधानमन्त्री सहितको शासन व्यवस्था हुने प्रस्ताव गरेको छ ।
यस्तै राज्य पुनर्संरचना गर्दा जातीय पहिचान सहितको ११ प्रदेशको प्रस्ताव ल्याइएको माओवादीले जनाएको छ ।
यस्तै राष्ट्रिय महत्वका विषयमा जनमतसंग्रह गर्नुपर्ने प्रस्ताव गरेको एकीकृत माओवादीले देश हरेक १० वर्षमा कुन अवस्थामा पुग्छ भन्ने खाका सहित ४० वर्षमा नेपाल धनि देश बनाउने प्रतिबद्धता गरेको छ ।
घोषणापत्रमा दोहोरो अंकको आर्थिक बृद्धि, आन्तरिक र विदेशी लगानीमा सन्तुलन, कृषि पेन्सन कोष, किसान परिचयपत्रको व्यवस्था र १० वर्षपछि प्रतिवर्ष २० लाख पर्यटन भित्र्याउने माओवादी घोषणापत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया