Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

कांग्रेसको कोषमा तीन करोड

काठमाडौं– आगामी संविधानसभा निर्वाचनका लागि प्रमुख पार्टीहरुले धमाधम चन्दा उठाइरहेका छन् ।

दलहरुले पहिलोपटक बैंकमार्फत पारदर्शी चन्दा उठाइरहेका छन् । एमाओवादी, कांग्रेस र एमालेले बैंक खाता खोलेर चन्दा उठाएको जानकारी दिएका छन् ।

एमाओवादीले ग्लोबल आईएमई बैंकमा खाता खोलेर चन्दा आह्वान गरेको छ । एमाओवादीमा आर्थिकसमेत हेर्दै आएका अध्यक्ष पुष्पकमल दाहालले चन्दा कति संकलन भयो भनेका छैनन् ।

कांग्रेसले पनि ग्लोबल आईएमई बैंकमा खाता खोलेर चन्दा उठाइरहेको छ । आर्थिक हेर्दै आएका नेता दीपकुमार उपाध्यायले अहिलेसम्म तीन करोड रुपैयाँ चन्दा संकलन भएको जानकारी दिएका छन् । दसैंपछि चन्दा दिनेहरु झनै धेरै हुने उनले बताए ।

एमालेले कृषि विकास बैंक र नविल बैंकमार्फत चन्दा सहयोग लिइरहेको छ । उसले नेता भरतमोहन अधिकारीको हस्ताक्षर रहेको सहयोग रसिदबाट मात्र सहयोग गर्न आग्रह गरेको छ ।

अधिकारीले करिव १४ जना सहयोगीबाट ५०-५५ लाख चुनावी सहयोग संकलन भएको जानकारी दिएका छन् । उनले पनि दसैंपछि धेरै सहयोग उठ्ने विश्वास व्यक्त गरेका छन् । ***

 

तपाईको प्रतिक्रिया