Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

विराटनगर-नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसले आफ्नो घोषणापत्र आगामी हप्तामा जारी गर्ने बताउनुभएको छ ।
विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुरागर्दै उहाँले घोषणापत्र मस्यौदा समितिको बैठक बसेर दुइदिन भित्रै त्यसलाई टुङ्गो लगाई जारी गरिने घोषणापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय, मजदुर, किसान तथा द्वन्द्वपीडितको मुद्दालाई समेट्ने जानकारी दिनुभयो ।
नेता कोइरालाले संविधानसभाको निर्वाचनमा पहिलेको भन्दा धेरै राजनीतिक दलको सहभागिता हुने भएकाले नेपाली जनताले संविधान पाउने विश्वास व्यक्त गनुभयो ।
एक प्रश्नको जवाफमा नेता कोइरालाले मुलुकभर निर्वाचनको वातावरण बनेकाले निर्वाचन विथोल्नेलाई जनताले साथ नदिने बताउँदै आन्दोलनरत दललाई निर्वाचन सफल बनाउनेतर्फ लाग्नसमेत आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया