Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं –  संविधानसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फको ७४ लाख मतपत्र छापि सकिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता वीरबहादुर राईले आजसम्ममा ७४ लाख मतपत्र छापिसकिएको र भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने काम जारी रहेको जानकारी दिनुभयो । उहाँले दसैंको बिदामा पनि मतपत्र छाप्ने काम जारी राखिएकाले केही दिनमै मतपत्र छाप्ने काम पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका अनुसार समानुपातिक निर्वाचनका लागि हल्का रातो र र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि नीलो रङ गरी दुई रङका मतपत्र छाप्ने काम भइरहेको छ । समानुपातिकका साथै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि पनि गत शुक्रबारदेखि छपाइ सुरु भएको आयोगले जनाएको छ ।

निर्वाचन नजिकिँदै जाँदा दसैंको चटारामा पनि आयोगका कर्मचारी निर्वाचनसम्बन्धी काममा व्यस्त छन् । ***

तपाईको प्रतिक्रिया