Deneme Bonusu Veren Siteler
शुक्रबार, कार्तिक ०२, २०८१
Friday, October 18, 2024

काठमाडौं – संविधानसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आर्थिक सहयोग र चन्दा लिन केन्द्रीय कार्यालयबाट जारी हुने सहयोग रसिदलाई मात्रै मान्यता दिने भएको छ ।

जुनसुकै कमिटीबाट निर्वाचनमा सहयोग लिँदा पारदर्शी नहुने र तथा एकै व्यक्तिले तल्लो र माथिल्लो कमिटीमा सहयोग गर्नुपर्ने अवस्था आउन सक्ने पक्षलाई ध्यानमा राख्दै एमालेले यस्तो नीति लिएको हो । सो नीतिअनुसार तल्ला कमिटीले पनि केन्द्रीय कार्यालयकै रसिद प्रयोग गर्नुपर्ने  र यसको अर्धकट्टी केन्द्रीय सचिवालयलाई बुझाउनुपर्नेछ ।

 

पार्टी केन्द्रीय कार्यालयले जारी गरेको एवं पार्टी केन्द्रीय आर्थिक विभागको छाप र केन्द्रीय आर्थिक विभाग प्रमुख भरतमोहन अधिकारीको हस्ताक्षर भएको ‘संविधानसभा निर्वाचन सहयोग रसिद’ मार्फत सहयोग गर्न चन्दादातामा आग्रह गरिएको एमालेका सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । ***

तपाईको प्रतिक्रिया